Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनारायणी अस्पतालको आकस्मिक डायलासिस सेवा सञ्चालन !!!

नारायणी अस्पतालको आकस्मिक डायलासिस सेवा सञ्चालन !!!

पर्साको वीरगन्जस्थित सरकारी स्वामित्वको नारायणी अस्पतालले आकस्मिक डायलासिस सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले राउण्ड टेबल नेपालसँगको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा १५ शैयाको डायलासिस सेवा सञ्चालन गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले अस्पतालले सघन उपचार कक्षको भवन बनाएर सेवा सुरु गरेको जानकारी दिए ।

नियमित सेवा लिइरहेका बिरामीलाई इमर्जेन्सी डायलासिस वार्डमा आवश्यकता अनुसार उपचार गरिनेछ ।

डा प्रधानले निमोनिया जस्ता विभिन्न जटिलताका कारण मिर्गौलामा असर पर्ने बिरामीलाई पनि उपचार गरिने जानकारी दिए ।

आकस्मिक डायलासिस सेवा लिनेहरूले निश्चित शुल्क तिर्नुपर्ने भए पनि अस्पतालले डायलासिस गर्दा आवश्यक सामग्री निःशुल्क उपलब्ध गराउने उनले बताए । तर, नियमित डायलासिस सेवा लिने दीर्घकालीन मिर्गौलाका बिरामीलाई पहिले जस्तै नि:शुल्क सेवा दिइने उनले बताए ।

निजी अस्पतालले आकस्मिक डायलासिस सेवाका लागि १० हजारदेखि १२ हजार रुपैयाँसम्म शुल्क लिने गरेको उल्लेख छ । नारायणी अस्पतालले त्यसका लागि ५ हजार रुपैयाँ तोकेको छ ।

एचआइभी सङ्क्रमित व्यक्तिका लागि आकस्मिक डायलासिस वार्डमा दुईवटा बेड छुट्याइएको छ । नारायणी अस्पतालमा २०–२२ वटा डायलासिस मेसिन छन् ।

अस्पतालमा उपलब्ध सबै मेसिन तीन सिफ्टमा २४ सै घण्टा सञ्चालनमा रहेमा ४० जनासम्म डायलासिस सेवा उपलब्ध गराउन सकिने डा प्रधानले बताए ।

डायलासिस सेवा सञ्चालनमा ल्याउन सिद्धार्थ बैंकले रु ५५ लाख र अन्य दाताले रु पाँच लाख उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments