Sunday, May 29, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनायव सुवेदार ओमबहादुर गुरुङको वार्षिकीमा ३ लाख ७७ हजार विभिन्न संस्थालाई दान

नायव सुवेदार ओमबहादुर गुरुङको वार्षिकीमा ३ लाख ७७ हजार विभिन्न संस्थालाई दान

नायव सुवेदार ओमबहादुर गुरुङको वार्षिकीमा ३ लाख ७७ हजार विभिन्न संस्थालाई दान

गोर्खा मिडिया संवाददाता | लन्डन ८ मे २०२२ ।

दिवंगत वरिष्ठ समाजसेवी नायव सुवेदार ओमबहादुर गुरुङको प्रथम वार्षिक पुण्य तिथिमा साढे ३ लाख रुपैयाँभन्दा बढी सहयोग गरिएको छ ।

गुरुङको स्मृतिमा आइतबार उनकी धर्मपत्नी जैशुभा गुरुङसहित परिवारको तर्फबाट विभिन्न संस्थालाई ३ लाख ७७ हजार सहयोग गरिएको हो । धम्पुस फेदी काम्चे घोताने भाइखलक, धम्पुस फेदी काम्चे घोताने चेलीबेटी, धम्पुस फेदी काम्चे घोतानेको कुलन थान निर्माणका लागि, गाईघाट गुम्बा सीमपानी पोखरा, घाचोक पैंगीलामा काजी भाइखलक, घाचुक पैंगीलामा काजी चेलीबेटीहरु, घाचुक लामछाने चेलीबेटी र गोर्खा मिडियालाई सहयोग दिएको उनकी छोरी एवं क्‍वोंने (घताने/घोन्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले जानकारी दिइन् ।

कास्की पोखरा सिम्पानी गाईघाट गुम्बामा मनबहादुर लामा गुरुङलगायत पाँच जना लामा गुरुहरुको उपस्थितिमा आइतबार एक वर्षको पुण्यतिथिमा ओमबहादुर गुरुङका लागि बत्ति बाल्ने कार्यक्रम समेत सम्पन्न गरिएको छ । पूजा कार्यक्रममा उनकी श्रीमती जैशुभा गुरुङ, छोरा हनेरी लेप्टेन टेकप्रसाद गुरुङ/बुहारी ज्योति गुरुङ, चन्द्रदेवी गुरुङकी श्रीमान् ज्वाइँ क्याप्टेन नारायनबहादुर गुरुङ एमभिओ, आस्यों गीता गुरुङ, काम्चे घोताने धम्पुस फेदीका अध्यक्ष सत्यबहादुर गुरुङलगायत सम्पूर्ण धम्पुस फेदीका काम्चे घोताने भाइखलक, धम्पुस फेदी काम्चे घोथानेका चेलीबेटी प्रमुख कृष्णकुमारी गुरुङ र सम्पूर्ण चेलीबेटीहरु, घाचोक चेलीबेटी प्रमुख सुवेदारनी चन्द्रशुभा गुरुङलगायत सहभागी थिए । त्यस्तै स्व. ओमबहादुर गुरुङका ससुरालीतर्फ घाचोकका भाइखलकका अध्यक्ष, उनका साइँला साला सुवेदार प्रभु गुरुङलगायत, सुवेदारनी चन्द्रसुभा गुरुङ आफन्तजनहरु र इष्ट मित्रहरुको उपस्थिति रहेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments