भदौ नागरिक संवाद केन्द्र पोखराको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम आइतबार सप्पन्न भएकोछ । केन्द्रले ‘महिला हिंसा र नेपालको संविधानमा महिला अधिकार” सम्वन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रिया गरेको हो ।
सामन्य कानुन पनि नजान्दा समस्यामा पर्ने गरेकाे सहभागीहरूकाे भनाइ रहेकाे थियाे । महिला अधिकार संविधानमा भए पनि कार्यन्वय नभएकाले आर्थिक अवस्था कमजोर भएका महिलाहरू समस्यामा परेका हुन् ।
महिला अधिकारकाे सहज रुपमा अनुभुति गर्न पाउनुपर्ने बारे सहभागिहरुको जोड रहेको छ ।
कार्यक्रमको सहजीकरण अधिवक्ता जुुना कुुमारी गुरुङले गर्नुभएको थियो । कार्यक्रममा महिला सरोकारवालाहरूकाे सहभागिता रहेको थियो ।