Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा सर्वोत्कृष्ट कल्चरल गीत अवार्ड विनिता...

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा सर्वोत्कृष्ट कल्चरल गीत अवार्ड विनिता तमूस्योलाई

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा सर्वोत्कृष्ट कल्चरल गीत अवार्ड विनिता तमूस्योलाई

१९, पौष २०७८ | काठमाडौं । नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको हो ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा थापालाई ३०५५५। रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा गायक राज सागर र गायिका मनिषा पोखरेलले वरिष्ठ गायक थापाका चार वटा गीत गाएर सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा गायिका विनिता गुरुडले चोखो माया सालैजो गितबाट सर्वोत्कृष्ट कलचरल गित अवार्ड चुम्न सफल भएकी छिन ।

कार्यक्रममा वरिष्ठ गायक रामप्रसाद खनाललाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको थियो भने लोकप्रिय गायक हेमन्त शर्मा र लोकप्रिय गायिका सीता थापालाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ रङ्गपत्रकार विदुर गिरीलाई १०५५५ नगद राशिसहित म्यूजिक खबर संगीत पत्रकारिता प’रस्कार प्रदान गरिएको थियो ।

त्यस्तै गायक राजु ढकाललाई म्यूजिकखबर युवाप्रतिभा संगीत सम्मान प्रदान गरिएको थियो भने बालगायिका सफलता श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । सोही कार्यक्रममा गायक सुमित खड्कालाई म्यूजिक खबर संगीत सम्मान प्रदान गरिएको थियो भने कवि तथा गीतकार युवराज अधिकारी र गीतकार अनु शाहलाई म्यूजिक खबर स्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै फोटोग्राफर च्याङ्बा लामालाई म्यूजिक खबर फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा गायक भोजराज काफ्ले, गायिका अन्जु गौतम, गायिका पुष्पा बोहरा, गायक रविन लामिछाने, गायक सागर गुरुङ, गायक रमेशराज भट्टराई र गायक छिरिङ भुटियाले सांगीतिक प्रस्तुति दिएका थिए भने पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य वरिष्ठ गायिका कोमल वली, विराटनगर महानरपालिकाका मेयर भीम पराजुली, चलचित्र लेखक, निर्देशक गीतकार नीर शाह, अभिनेत्री लक्ष्मी गिरी, गीतकार चूडामणी देवकोटा, चलचित्र लेखन निर्देशक मोहन निरौला, गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, अभिनेता शिवहरि पौडेल, गायक दुर्गा रायमाझी, संगीतकर्मी आरसी कोइराला, निर्देशक अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी, निर्देशक बाबुराजा केसी, पर्यटन व्यवसायी तथा समाजसेवी नवराज अम्गाई, गायक विष्णु खत्री, गायक इन्द्र जिसी, गायक रेशम सापकोटा, गायिका बीमा कुमारी दूरा, गायिका शीला आले, गायिका संगीता राना प्रधान, लगायत गीतसंगीत, चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, संगीतकार संघ नेपालका अध्यक्ष पारस मुकारुङ, गीतकार संघ नेपालका उपाध्यक्ष वसन्त वित्यासी थापा, लोकसंगीत बहुद्देश्यीय सहकारीका अध्यक्ष चन्द्र शर्मा, संगीत रोयल्टी संकलन समाजका निवर्तमान अध्यक्ष महेश खड्का, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरुङ लगायत विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments