Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALधम्पुस र ब्रेकनबीच मितेरी सम्वन्धको वार्षिकोत्सवमा स्वास्थ्य शिविर हुने

धम्पुस र ब्रेकनबीच मितेरी सम्वन्धको वार्षिकोत्सवमा स्वास्थ्य शिविर हुने

पोखरा,२५ माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्वन्ध स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा धम्पुसमा वृहत स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

यही माघ २७ गते धम्पुस ब्रेकन टुइनिङ एशोसिएसनको आयोजना तथा विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, थाहा फाउण्डेशन नेपाल र सपना आयुर्वेद अस्पतालको प्राविधिक सहयोगमा धम्पुसको देउरालीमा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर परिक्षण सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको ब्रेकन टुइनिङ एशोसिएसनका सल्लाहकार एवं गाउँपालिकाको सद्भावना दुत मेजर  खुशिमान गुरुङले जानकारी दिनु भयो |

स्वास्थ्य शिविरका लागि आवश्यक सम्पूर्ण तयारीका कामहरु भईरहेको तथा आइतबार साँझसम्म बेलायतबाट नर्स तथा भरतपुर क्यान्सर अस्पतालबाट चिकित्सकहरु आइपुग्ने जानकारी दिए । सोमबार विहान ७ देखी ५ बजेसम्म सञ्चालन हुने शिविरमा सहभागि भएर स्वास्थ्य लाभ लिन समेत गुरुङले स्थानीयलाई आह्वान गरेका छन् ।

शिविरमा भरतपुर क्यान्सर अस्पतालका क्यान्सर रोग निवारण विशेषज्ञ डा. बमविर श्रेष्ठ नेतृत्वको टोलीले थेरापि विधिद्धारा महिलाको स्तन तथा पाठेघरको क्यान्सर परिक्षण तथा निःशुल्कर रुपमा औषधि वितरण गर्ने थाहा फाउण्डेशनका अध्यक्ष एवं टुइनिङ एशोसियसनका सदस्य सरु दाहाल अधिकारीले जानकारी दिइन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments