Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALद गोर्खाज वचत तथा ऋण सहकारीको अध्यक्षमा मेजर लक्ष्मी प्रसाद गुरुङ

द गोर्खाज वचत तथा ऋण सहकारीको अध्यक्षमा मेजर लक्ष्मी प्रसाद गुरुङ

द गोर्खाज वचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौं वार्षिक साधारणसभा तथा पाँचौं  अधिवेशनबाट रिटायर मेजर लक्ष्मी प्रसाद गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

समितिको उपाध्यक्षमा ह. विल बहादुर गुरुङ, सचिवमा देवेन्द्र कुमार गुरुङ, कोषाध्यक्षमा साबित्री गुरुङ र सदस्यहरुमा सु.मे. श्रीप्रसाद गुरुङ, सु.मे. गम बहादुर गुरुङ, सु.मे. कृष्ण बहादुर गुरुङ, सु. तुल बहादुर गुरुङ, क्याप्टेन दुधमान गुरुङ, बुद्धि प्रसाद गुरुङ,मीन प्रसाद गुरुङ, मन्जु गुरुङ, सु.मे. ग्याम बहादुर गुरुङ, ह.दीपक गुरुङ,धन माया गुरुङ, नारायण सिंह थापामगर, नर माया मगर (आले), रेखा गुरुङ र अरुणा आले  चयन हुनुभएको निर्वाचन समिति संयोजक अधिवक्ता जुना गुरुङले जानकारी दिनुभयो। सो निर्वाचन समितिका सदस्यहरुमा रिटायर मेजर प्रेम थापा र WO2 भिम बहादुर गुरुङ रहनुभएको थियो ।

साधारणसभा तथा अधिबेशनको उदघाटन गर्नुहुदै प्रमुख अतिथी स्वास्थ्य तथा जन संख्या मन्त्रालय गण्डकी प्रदेशका उप-सचिव उदय बहादुर पराजुलीले विश्वमा नाम कमाएका सुपरिचित साहसिक र वीरताको प्रतीक गोर्खाली हो । प्रथम र दोश्रो विश्व युद्धमा नेपाललाई विश्व सामु चिनाउने तिनै गोर्खालीहरुलाई सम्मान गर्नपर्ने बताउनुभयो । अवकाश प्राप्त पछि पनि समाजमा सहकारीको माध्यमबाट आर्थिक रुपान्तरणमा अहोरात्र खट्नुभई सहकारी अवधारणा सहित अगाडि बढेकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि का शाखा प्रबन्धक नरेश पाण्डे , NEFSCUN पोखराका शाखा प्रमुख यमकला सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुहुदै द गोर्खाज वचत तथा ऋण सहकारीको गतिविधीको प्रशंसा   गर्नुहुदै सहकारीको नीति, विधि र प्रविधिलाई ध्यान दिएर अगाडि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष WO2 भुपालजंग कुवरले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै आन्तरिक लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन लेखा समितिका संयोजक बुद्धि प्रसाद गुरुङले, ऋण लगानी उपसमितिको वार्षिक प्रतिवेदन ऋण लगानी उपसमितिका संयोजक सु. तुल बहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा जेष्ठ महिला सदस्यमा लाल कुमारी गुरुङ, जेष्ठ पुरुष सदस्यमा  बलमान गुरुङ, उत्कृष्ट वचत कर्ता योग प्रसाद गुरुङ, उत्कृष्ट निक्षेप कर्ता (महिला) सोमाया गुरुङ, उत्कृष्ट निक्षेप कर्ता (पुरुष) देत बहादुर गुरुङ, उत्कृष्ट ऋणी गौमाया गुरुङ, उत्कृष्ट कर्माचारी दिपा कुमारी थापालाई सम्मान गरिएको थियो भने रचना थापा, सृजन राना र योगिता गुरुङलाई क्रमशः स्नातकोत्तर, स्नातक र प्लस टु उत्तीर्ण गरेकोमा बधाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष WO2 भुपालजंग कुवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रिटायर मेजर लछिमी प्रसाद गुरुङले स्वागत , सहकारीका सात सिद्धान्त वाचन शिक्षा उपसमितिका संयोजक शान्ति गुरुङले र सञ्चालन सचिव ह. विल बहादुर गुरुङले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments