लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ एम अन्तर्गत जोन ३१ ले दोश्रो एडभाइजरी कमिटी वैठक सम्पन्न गरेको छ । सोमबार एक कार्यक्रमका बीच उक्त वैठक सम्पन्न भएको हो ।
वैठकमा प्रमुख अतिथि कोचिफ एडभाइजर ला शिवराज आचार्यले परिस्थिति प्रतिकुल हुँदा हुँदै पनि क्लबहरुले उत्कृष्ट काम गरेकोमा प्रसंशा गर्नुभयो । हरेक क्ल्बले वास्तविक समाजसेवा गरेर देखाएको बताउनुभयो । जिएसटी डिस्ट्रीक कोर्डिनेटर ला दिनबन्दु पौडेलले यतिबेला खानपानको कारणले रगत अभाव हुने समय भएकोले रक्तदान कार्यक्रम गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले सेवाको काम गर्दा मौसम र समय हेरेर गर्नपर्ने आशय राख्नुभयो ।
त्यस्तै डिजि टु क्ल्ब भिजिट डिपार्टमेन्ट चिफ ला पुष्पा आचार्यले क्ल्बहरुले सामाजिक काम गर्दा पार्दर्शितामा ध्यान दिन जोड गर्नुभयो । एडिशनल क्याबिनेट सेक्रेटरी ला खिमा गुरुङले साधारण जिवनबाट माथी उठेर सामाजिक काम गरेकोमा सबै क्लबका अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई दिनुभयो । वैठकमा यस जोन अन्तर्गत ३ वटा क्ल्बहरु रहेका छन् । ती क्ल्बहरु लायन्स क्ल्ब अफ पोखरा भृकुटी, लायन्स क्लब अफ पोखरा ग्रीन हिल र लायन्स क्लब अफ ग्रीन टाउन हुन् । तिनैवटा क्लबका अध्यक्षहरुले आगामी कार्ययोजना राख्नुभयो ।
त्यसैगरी सचिव र कोषाध्यक्षले ३ महिनाको प्रगति विवरण र आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । वैठक जोन ३१ का चियर पर्शन ला शकुन्तलाको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको हो भने वैठकमा होस्ट क्ल्ब लायन्स क्ल्ब अफ पोखरा ग्रीन टाउनका उपाध्यक्ष सावित्री भट्टराईले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।