पोखरा । पर्वत महाशिला गाँउपालिका घर भै हाल पोखरा-५, मालेपाटन निवासी गुरुङ दम्पति देवीसिङं गुरुङ र श्रीमती नन्दा गुरुङले सञ्जीवनी दिदी बहिनी केन्द्र र महाशिला गाउँपालिकाले सञ्चालन गरेको लुङ्खु देउरालीकाे कोरोना अस्पताललाई एक लाख पाच हजार तीस रुपैया सहयोग गरेका छन् ।
गुरुङ दम्पतीले गत सोमबार रु.५२५१५ का दरले सञ्जीवनी दिदीबहिनी केन्द्र र अस्पताललाई सहयोग गरेको छ ।
त्यस्तै गुरुङ दम्पतीले पढ्ने अवसर नपाएका छोरी तथा बुहारीहरुलाई पढाउने सञ्जीवनी दिदीबहिनी केन्द्रको अभियान र आफ्नो गृह जिल्लामा गाँउपालीकाले सञ्चालन गरेको कोरोना अस्पताललाई थाेरै भएपनि सहयोग गर्न पाउदा आफुहरु खुशी भएको बताए ।
दम्पतीको उदार मन र सहयोग प्रति केन्द्रकी अध्यक्ष विना गुरुङ र गाउँपालिका अध्यक्ष राजु पौडेल दुबै अध्यक्षले प्रशंसा र धन्यवाद व्यक्त गरेका छन् ।