Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALदृष्टिविहिन र अपाङगता भएका परिवारलाई आमाहरूको सहयोग

दृष्टिविहिन र अपाङगता भएका परिवारलाई आमाहरूको सहयोग

गण्डकी, ६ असार (असार) : एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोवास गर्दै आएका दृष्टिविहिन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको छ ।

बालग्रामका सस्थापक हर्मनमाईनरको जन्मदिन एवम् ३५ औं एसओएस दिवसको अवसरमा आमाहरूले पाँच दृष्टिविहिन र ११ जना शारिरिक अपाङ्गता भएका परिवारलाई २५ हजार मुल्य बराबरको राहत सामग्री वितरण गर्नुभएको हो ।

एसओएस बालग्राममा कार्यरत २४ जना आमाले सामुहिक रुपमा संकलित रकमबाट चामल, दाल, तेल, नून, चिउरा, बेसार, माक्स लगायतका सामग्री खरिद गरि अपाङगता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी वास्तोलाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको दोश्रो भेरियन्टको संङ्क्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण रोजगारी गुमाएर छाक बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उहाँको भनाइ छ । बालग्रामका १५ वटा घरमा एक सय ५३ जना बालबालिका छन् ।

पोखराको बिभिन्न बजारमा अगरवत्ती बिक्री गरेर तथा दोहोरी साँझमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर परिवारको जीविकोपार्जन गर्दै आएका यस्ता परिवार कोरोनाको कारण आयआर्जन गर्ने बाटो बन्द भएपछि यतिखेर रोग भन्दा भोकसँग लड्दै आएका छन् ।

सेतो लठ्ठीको सहायताले राहत सामग्री लिन आउनु भएका दृष्टिविहिन पानुराम चौधरीले निषेधाज्ञाको कारण खानाको त समस्या छदैछ लामो समयसम्म घर भाडा तिर्न नसक्दा थप चिन्तित तुल्याएको दुःखेसो गर्नुभयो ।

स्नातक तह उत्तिर्ण गरेका ४० बर्षीय चौधरी भन्नुहुन्छ, “श्रीमती र दुई छोरी सहित चार जनाको परिवार पोखरा बजारमा अगरवत्ती बिक्री गरेर भएको आम्दानीबाट जीविकोपार्जन गर्दै आएका थियौं अहिले आयआर्जन केही पनि छैन् दाताहरूको सहयोगले जेनतेन चुल्हो तातेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments