Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONदुर्गा मिलन गुरुङ"मिलन"लाई श्रि देवनारायण अक्षयकोषद्वारा सम्मान

दुर्गा मिलन गुरुङ”मिलन”लाई श्रि देवनारायण अक्षयकोषद्वारा सम्मान

दुर्गा मिलन गुरुङ”मिलन”लाई श्रि देवनारायण अक्षयकोषद्वारा सम्मान
२०७७ फाल्गुन २१ गते / दुर्लुङ
आज पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङका ९७ वर्षयी लेप्टेन देव गुरुङ र ८७ बर्षिय नारायण गुरुङको नाममा स्थापना भएको श्रि देवनारायण अक्षयकोषद्वारा सामाजिक कार्यमा योगदान गरेवापत मिलन विस्व समाचार  (www.milanworld.news)का अध्यक्ष  समाजसेवी दुर्गा गुरुङ “मिलन”लाई एक औपचारिक कार्यक्रममा प्रमुख अतिथी सङ्घिय सांसद माननीय लालकाजी गुरुङले शाल र सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ |

कार्यक्रममा श्रि देवनारायण अक्षयकोषद्धारा १२ जना विध्यालयमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाइ पुरस्कृत , ७जना कुनपा ३ दुर्लुङमा नेपाल सरकारको अधिकृत भएको ब्यक्तित्वलाइ सम्मान, २ जना शैक्षिक सामाजिक र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योग्दान पुराएको व्यक्तित्वहरुलाई सम्मान, ३ जना दिर्घ बिरामीहरुलाइ राहात स्वरुप सहयोग रकम २ जना कलाकार १ जना पत्रकार, १जना व्यक्तित्व कलामा, ३ जना महिला स्वयंसेविकाहरुलाई सम्मान एवम् पुरस्कृत गरे |

उक्त कार्यक्रममा श्रि जय मा आमा समुहको नवनिर्मित भान्सा घरको प्रमुख अतिथि सङ्घिय संसद लालकाजी गुरुङ र संविधान सभा सदस्य एवम् ने का केन्द्रिय सदस्य अर्जुन जोशी ज्युले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो साथै नवनिर्मित पाउना घरको ने का पुर्व पार्टी सभापति तथा गण्डकी प्रदेश संसद ललितकला गुरुङले संयुक्त रूपमा उद्घाटन गर्नुभयो |

उक्त कार्यक्रममा नै नवनिर्मित दुवै भवन को चाबी तथा लालपुर्जा आमा समुहको उपाध्यक्ष रत्नकुमारी गुरुङ र कोषाध्यक्ष पार्वती गुरुङलाई प्रमुख अतिथीको हात बाट हस्तान्तरण गरे ।

कार्यक्रमका संयोजक प्रितम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  विशिष्ट अतिथीहरु, अतिथीहरु विभिन्न राजनीति दलको प्रमुख एवम् प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments