काठमाण्डौ, २८ असार
नेपाल सरकार ,चलचित्र बिकास बोर्ड द्वारा आयोजित राष्ट्रीय चलचित्र अवार्ड २०७३ र २०७५ मा आदिवासी जनजाति चलचित्र अवार्ड गुरुङ भासाको चलचित्र भेडीगोठाले र रिजे नासाले प्राप्त गरेको छ ।
रास्ट्रपति भवन ,सितल निवास मा चलचित्र बिकास बोर्ड को आयोजनामा , राष्ट्रीय चलचित्र पुरस्कार तथा दिर्घजिबी साधना सम्मान कार्यक्रम ,रास्ट्रपति बिद्यादेबी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सुचना तथा संचार मन्त्री ,गोकुल बास्कोटाले स्वागत मन्तव्य दिएपछि शुरु भएको कार्यक्रममा पुरानो नायक/नायिकाहरु – गौरी मल्ल ,सरोज खनाल ,शनि रौनियार ,दिलिप रायमाझी ,रमेश उप्रेती ,जयकिशन बस्नेत ,रेजिना उप्रेती लगायतको विशेष प्रस्तुती रहेको थियो ।
३ बर्ष क्रमश: ७३,७४ र ७५ सालको अवार्ड एकैपटक बितरण गरिएको कार्यक्रममा यश बर्ष को दिर्घजिबी सम्मान – निर्देसक तुलसी घिमिरे लाई नगद रु ३,५१,०००/- सहित ताम्रापत्र, उत्कृष्ट चलचित्र – गोपि, उत्कृष्ट नायक – बिपिन कार्की ( प्रसाद ), उत्कृष्ट नायिका – स्वास्तिमा खड्का ( बुलबुल ) ले प्राप्त गरेको छ ।
गुरुङ चलचित्रको निर्देशक सुवाष गुरुङ द्वारा निर्देशित भेडी गोठाले (क्यु प्रो छे) ले उत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड २०७३ र प्रीतम गुरुङ द्वारा निर्देशित गुरुङ चलचित्र रिजे नासाले उत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड २०७५ जित्न सफल भएको हो।