गण्डकी विश्वविद्यालय गण्डकी प्रदेशले एक कार्यक्रम वीच दश वर्षे रणनीतिका योजना २०२२ देखि २०३२ सम्मको विमोचन गरिएको छ । आइतबार पोखरा मुस्ताङचोकमा भएको कार्यक्रममा रणनीति योजना विमोचन गर्नुहुँदै, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आर्थिक विना कुनै काम पूर्ण हुन नसक्ने जिकीर गर्नुभयो । आर्थिकका लागि विभिन्न जिल्लमा हावापानी सुहाउदो तरकारी, फलफुल लगायतका खेती गर्न सकिने बताउनुहुँदै, उहाँले प्रदेश सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उप–कुलपति तथा डा.केशरजङ बरालमगरले भुमी सुवाउदो नयाँ योजनाहरु ल्याउन सके मुलुकबासी विदेश पलायन हुन नपर्नेे विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले विभिन्न योजना मध्य रिसर्ज प्रोजेक्टको रुपमा कोदोको रक्सीलाई पनि वैज्ञानिक रुपमा अघि सारिएको बताउनुभयो । त्यसैगरी आविष्कार केन्द्र लगायतलाई पनि योजना अनुसार अघि वढाइएको छ । गण्डकी प्रदेशका निती तथा योजना आयोगका पूर्व उपाध्यक्ष गिरीधारी पौेडेलले रणनीतिक योजना बारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई गण्डकी विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले धन्यबाद ज्ञापन गर्नुभएको थियो भने, न्यायीक परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।