Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतेक्वान्दो प्रशिक्षण भवन शिलान्यास

तेक्वान्दो प्रशिक्षण भवन शिलान्यास

पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण भवनको शनिबार एक कार्यक्रमका वीच शिलान्यास गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तंकलाल घिसिङले विधिवद रुपमा भवनको शिलान्यास गर्नुभएको हो । उक्त अवसरमा बोल्नुहुँदै, घिसिङले भवन निमार्णका लागि राज्य मात्र नभै, विभिन्न संघसंस्था तथा व्यक्तिहरुको पनि जिम्मेवारी उत्तीकै रहेको बताउनुभयो ।

सवैको सहयोग र पहलमा समयमै भवन निमार्ण हुने विश्वास गर्नुहुँदै उहाँले भाषण भन्दा पनि कामलाई प्राथमिक्ता राख्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले भवन निमार्णका लागि २ करोडको लागत लाग्ने अनुमान गर्नुभएको छ । ६ महिना देखि १ वर्ष भित्र भवन निमार्ण हुने गुरुङले जानकारी दिनुभयो । कास्की जिल्ला तेक्वान्दो संघका कार्यवहाक अध्यक्ष कुलचन्द्र शर्माले कार्यक्रममा सहभागि सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments