Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतीनवटा गुम्बालाई माइला कान्छा सहयोग अभियान

तीनवटा गुम्बालाई माइला कान्छा सहयोग अभियान

तीनवटा गुम्बालाई माइला कान्छा सहयोग अभियान 

पोखरा, २४ जेठ

लामो लकडाउनले समस्यामा परेकाहरुलाई सहयोग वितरणको क्रममा माइला–कान्छा लकडाउन सहयोग अभियानले पोखराका तीनवटा बौद्ध गुम्बाहरुलाई सहयोग गरेको छ ।

लकडाउनले गुम्बाहरु पनि प्रभावित भई लामा तथा बौद्ध शिक्षाका विद्यार्थी ट्हबाहरुलाई खाधान्नको समस्या महसुस गरी माइला–कान्छा लकडाउन सहयोग अभियान अन्र्तगत बौद्ध अर्घौ सदन गुम्बा, पल टासिछ्याएलिंग गोपाल गुम्बा र आनी गुम्बालाई जनही ११ बोरा चामल, १५ कार्टुन चाउचाउ, २ बोरा भुजा र १ कार्टुन विस्कुट बौद्ध अघौं सदनमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।गुम्बाहरुलाई १ लाख १८ हजार बराबरको खाद्य सामग्री, ३० हजार नगद गरी १ लाख ४८ हजार सहयोग वितरण गरिएको हो। अभियानमा १ लाख ४५ हजार ७५ रुपैया सहयोगीहातहरुको साथ र २ हजार ९२५ रुपैया अभियन्ता माइला कान्छाले व्यक्तिगत रकम थप गरिएको अभियन्ता पार्वती तमु(माइला)ले जानकारी दिनुभयो।

लकडाउनका कारण कर्मभुमि युके फर्कनबाट रोकिनु भएकी समाजसेवी सामाजिक अभियन्ता पार्वती तमु(माइला) र माया तमु(कान्छा)ले माइला–कान्छा लकडाउन सहयोग अभियानका सहयोगी हातहरुको राहत सहयोग माध्यम बन्दै गुम्बाहरुमा वितरण गरिएको हो।

यसरी नै प्रत्येक गुम्बालाई नगद १०, १० हजार समेत सहयोग गरिएको थियो। बौद्ध अर्घौ सदन गुम्बालाई सोपाल समाज युकेका अध्यक्ष युक्तबहादुर तमुकोले प्रदान गर्नुभएको १० हजार खेन्पो सन्तोष तमुलाई अभियन्ता माया तमुले हस्तान्तरण गर्नुभएको थियो । एकैस्थानमा तीन गुम्बालाई राहत सहयोग हस्तान्तरण कार्यक्रम भएकाले अभियन्ताद्धयले अन्य दुई गोपाल गुम्बा र आनी गुम्बालाई पनि नगद सहयोग छुटाउन मनले दिएन, त्यसैले माइला–कान्छा लकडाउन सहयोग अभियानका तर्फबाट सहयोग थप गरी प्रदान गरिएको थियो।

गुम्बाहरुमा सहयोग प्रदान गर्नका लागि अभियन्ता पार्वती तमु(माइला)का अनुसार सोपाल समाज युकेका अध्यक्ष युक्तबहादुर तमु र आफन्तहरुबाट मात्रै १ लाख १५ हजार सहयोग भएको छ भने पहिलो पटक हंगकंगमा कर्मथलो बनाउनुभएका स्याङजा टोर्के गाउ भई उत्तमचोक घर रहेको इन्द्रकाजी तमु÷सलिना तमु र छोरा इभरेष्ट तमुबाट १० हजार ७५ प्राप्त भएको बताउनुभयो।

स्वर्गीय प्रेमबहादुर÷श्रीमती रामकुमारी तमुका छोराछोरीहरुबाट ८० हजार रुपैया प्राप्त भएको उहाँले जानकारी दिनुभएको थियो। उहाँका अनुसार छोराछोरुीहरु तामागी गाउ, पोखरा रत्नचोक गाउ भई युके वेम्ब्ली निवासी इच्छाकुमारी तमु÷विक्रम तमु १० हजार,पोखरा इन्द्रचोक, हाल युके नर्थहल निवासी खुशीमान तमु÷पञ्जाकुमारी तमुबाट १० हजार, बेझांग गाई भई हाल युके वेम्बली निवसी सोपमल समाज युकेका अध्यक्ष युक्तबहादुर तमु÷पुष्पाकुमारी तमु रु.२० हजार(१० हजार राहत र १० हजार बौघ अर्घौ सदनका श्रद्धेय गुरु खेन्पो सन्तोष तमुज्यु मार्फत गुम्बालाई), बेझांग गाउ, हाल पोखरा १० इन्द्रचोक, रंगशाल आमा समुहकी अध्यक्ष, फेमिली होमोयोप्याथिक हस्पिटलकी प्रवन्धक रु.१० हजार, आर्थर प्ह्रेमस्वारा गाउ, पोखरा इन्द्रचोक घर र हाल युके नर्थहल निवासी सहारा क्लव पोखराका संस्थापक सल्लाहकार उमादेवी तमु÷रामचन्द्र तमु रु.१० हजार, पोखरा इन्द्रचोक, हाल हंगकंग निवासी सहारा क्लव हंगकंगका सल्लाहकार हितमान तमु÷तानिया तमु रु.१० हजार सहयोग गर्नुभएको छ।

यस्तै गरी पोखरा इन्द्रचोक, हाल हंगकंग निवासी सुमन तमु÷खिमा तमु रु.१० हजार, आर्थर डाडस्वाँरा, पोखरा न्युरोड निवासी पञ्चकोशी आर्थरडाडाखर्क समाज सल्लहकार स्यानीकान्छी तमु रु.१० हजार(बेझांग चेली युक्तबहादुर तमुको दिदीबहिनी),दरौ गाउ, पोखरा पेन्सनक्याम्प जनशक्तिटोल सु.श्यामराज तमु÷टिकाकुमारी तमु रु.५ हजार,बसेरी गाउ(चितवन विरेन्द्रनगर) हाल पोखरा आलुमाइला चोक सोविन्द्र घले÷चिनकुमारी घले रु.५ हजार,आर्थर साइस्वारा, हाल पोखरा सिमलचौर निवासी राजेन्द्र तमु÷शान्तकुमारी तमु रु.५ हजार, उल्लेरी गाउ भई हाल पोखरा बगालेटोल निवासी गमबहादुर तमु÷मनदेवी तमु रु.५ हजार, कालावाङ घरेडी गाउ भई पोखरा खाल्टे मसिना निवासी बबिता तमु÷हर्कबहादुर तमु रु.५ हजार सहयोग गर्नुभएको जानकारी दिनुभयो।

सिर्जनाचोक, हाल युके ननिटन निवासी सुक्ताबहादुर तमु÷सरिता तमुबाट १५ हजार, ल्वाङ घलेल, हाल युके इल्थाम निवासी डाइमण्ड बुद्धिष्ट सेन्टर उपाध्यक्ष हितमान÷हरिकाशी तमुबाट ५ हजार रुपैया सहयोग रकम प्राप्त भएको अभियन्ताले जानकारी दिनुभयो।

बौद्ध अर्घौ सदनमा आयोजित कार्यक्रममा माइला–कान्छा लकडाउन सहयोग अभियानका अभियन्ता पार्वती गुरुङ र माया गुरुङसहित सहयोगीहरुलाई सदनका अध्यक्ष क्या.भुवनसिंहत तमुले स्वागत एवम धन्यवाद व्यक्त गर्नुभएको थियो भने प्रमुख लामा गुरु खेन्पो शिर लामा गुरुङले आर्शिवाद प्रदान गर्नुभएको कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुम तमुले जानकारी दिनुभएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments