Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ...

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनद्वारा सम्मान

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनद्वारा सम्मान

चितवन, २९ चैत । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनले सम्मान गरेको छ। आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरि संघले परिषद्को चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरेको हो।

संघले परिषद्का नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर तमूलाई फेटा लगाई सम्मान गरिएको थियो भने कार्यसमितिका अन्य पदाधिकारीहरुलाई टिका लगाई सम्मान गरेको थियो।

सम्मान पछि कार्यक्रमलाई सम्बोन्धन गर्दै चितवनका तमू संचारकर्मीले परिषद्को महाधिवेशनमा उत्कृष्ट भूमिका निर्वाह गरि प्रचारप्रसारमा सहयोग गरेकोमा नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर गुरुङले धन्यवाद व्यक्त गरे।

यस्तै संघका चितवन अध्यक्ष तुलमान तमूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिए।

 

प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार – २२:१२:११ बजे

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments