Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू ह्युल छोंज धीं इच्छाकामना इकाइको अध्यक्षमा सन्तबहादुर तमू चयन

तमू ह्युल छोंज धीं इच्छाकामना इकाइको अध्यक्षमा सन्तबहादुर तमू चयन

मुग्लिन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् इच्छाकामना इकाइ समितिको अध्यक्षमा सन्तबहादुर तमू चयन भएका छन् । शनिबार मुग्लिनमा सम्पन्न दोस्रो अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चुनिएका हुन् । इकाइ समितिको वरिष्ठ उपाध्यक्षमा झलक तमू, उपाध्यक्षमा कुमार तमू, सचिवमा विन्दु तमू, संगठन सचिवमा उदयकुमार तमू, प्रचार सचिवमा सरगम तमू र कोषाध्यक्षमा धनबहादुर तमू चयन भएका छन् ।

यस्तै सदस्यहरूमा भने सन्तोष तमू, लोकमाया तमू, लीला तमू, निरमाया तमू, शान्ति तमू, लालमाया तमू, धनकुमारी तमू र विनोद तमू चयन भएका छन् । चितवनमा पछिल्लो समय ह्युल छोँज धीँमार्फत जिल्लामा रहेका तमूहरू संगठित हुन थालेका छन् । आफ्नो जातीय पहिचान सहितको मुद्दा र सवालहरूलाई मजबुद बनाउनमा संगठनको भूमिका महत्वपूर्ण हुने अधिवेशनपूर्व भएको कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष कर्णबहादुर तमूले बताए ।

तमू समुदायले आयोजना गर्ने हरेक कृयाकलापमा पनि संगठित भइसकेपछिको भूमिका फरक र सहज हुने उनले बताए । ह्युल छोँज धीँ इच्छाकामना इकाइका तत्कालीन अध्यक्ष रामबहादुर तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय सचिव सचिव सन्तलाल तमू, जिल्ला उपाध्यक्ष विमला तमू, तमुस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष शकुन्तला तमू, ह्युल छोँज धीँका केन्द्रीय सल्लाहकार शारदा तमू, नेपाल तमू विद्यार्थी छोंज धीँ, बागमती प्रदेशका संयोजक पवन तमू, चितवन जिल्ला अध्यक्ष सुमित तमू, तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सचिव चित्रबहादुर तमू, जिल्ला उपाध्यक्ष हीरालाल तमू लगायतको उपस्थिति थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments