Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNतमू संस्कृति मञ्च यूकेको चौथो वार्षिक साधारणसभा सम्पन्न

तमू संस्कृति मञ्च यूकेको चौथो वार्षिक साधारणसभा सम्पन्न

तमू संस्कृति मञ्च यूकेको चौथो वार्षिक साधारणसभा सम्पन्न

लन्डन ९ मे २०२२ । तमू संस्कृति मञ्च यूकेको चौथो वार्षिक साधारणसभा आइतबार, ८ मे २०२२ को दिन सम्पन्न भएको छ । तमू संस्कृति मञ्च यूकेको निर्देशक क्याप्टेन राजु लेम तमूको अध्यक्षता र जुममार्फत प्रोफेसर नारायण ल्हेंगे तमू M.A को प्रमुख आतिथ्यतामा आइतबार, ८ मे २०२२ का दिन अल्डरसटमा मञ्चको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथि तमूधिं यूकेका अध्यक्ष हित काजी तमू, तमू प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर टू क्लेह्प्री तमू सहभागी थिए ।

तमू संस्कृति मञ्च यूकेका सह-निर्देशक हरि लेम तमूले संचालन गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । बेलायतको स्थानीय निर्वाचनअन्तर्गत लन्डन बोरो अफ बार्नेटमा काउन्सिलरका रुपमा निर्वाचित लक्ष्य कोने गुरुङलाई निर्देशक क्या. राजु लेम तमु र उनकी धर्मपत्नी केशरी लेम तमूद्वारा पुष्पगुच्छा र फेटाद्वारा सम्मान गरिएको थियो । त्यस्तै बेलायत भ्रमणमा रहेकी नेपाल आइडल विजेता गायिका एलिना तमूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा धर्मगुरुहरु, तमूधिं यूकेका पूर्वअध्यक्ष रामचन्द्र सुर्य क्र्होंगी-लम तमू, ज्ञाम कोने तमू, तमु प्ये ल्हु संघ यूकेका सोम त्होर्जे तमू, पूर्वअध्यक्ष फोरमका लेखक एवं संस्कृतिविद् एकेन्द्र म्हिघी-लम गुरुङ, हङकङबाट क्या चन्द्र क्रोम्छे तमू, पच्हु चिबा देव गरब्जा तमू र क्लेप्री चिबा, दानबहादुर मोब्जे क्लेह्प्री तमू, प्रेम लेम दुबो तमू, चन्द्र घोताने तमू नेपाल, तमूधिं यूकेका निवर्तमान अध्यक्ष नन्दजंग लेम तमू, मेजर उदयबहादुर तमू MBE, राम बाबुकाजी कोने तमू, प्ये ल्हु संघका पूर्वअध्यक्षलगायत तमू संघ संस्थाका अध्यक्ष, सदस्य, विभिन्न पदाधिकारी, आमा दिदीबहिनीलगायत सहभागी थिए । कार्यक्रममा एलिना तमूले केही गुरुङ गीतहरू गाएर मनोरन्जन गराइन् ।

विविध कारणले गर्दा तमुहरु गाउँबाट सहर, सहरबाट विदेश पलायन हुने बढ्दोक्रमले गर्दा तमूहरुको संस्कार र संस्कृति जोगाउने तथा जगेर्ना गरी भावी पिढीलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यकता महसुस गर्दै तमू संस्कृति मञ्च यूकेको स्थापना गरिएको हो । यो तमू सम्पदा त्रि-भाषीय पुस्तक (Tamu Heritage Trilingual Book) सम्पूर्ण तमूहरू तथा बुद्धिजीवी वर्गहरुको संयुक्त प्रयासमा लेखन कार्य मार्च २०१७ मा सुरू भई पहिलो पाण्डुलिपी यही मे महिनाभित्र फोरमका संरक्षक साथै प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान क्र्होंगी-लम गुरुङले सम्पादन गरी सकिने अपेक्षा राखिएको निर्देशक क्या. राजु लेम तमुले जनाए । उनका अनुसार इडिटोरियल बोर्डले सोहीअनुसार छलफलपछि तयार पारी सेप्टेम्बर २०२२ मा सकिने अपेक्षा छ ।

तमू समाजका म्हिक्री चोक्रीहरूसँग छलफलको निम्ति बैठकको मिति तोकिने भन्दै निर्देशक क्या. राजु लेम तमुले कोभिड १९ को विषय परिस्थितिको कारण सबै क्षेत्रमा प्रभाव पारेकोले तमू फोरम पनि प्रभावित भएको कारण समय अभाव भएको उल्लेख गरे ।

तमूहरूको इतिहासमा पहिलो तमू सम्पदा त्रि-भाषीय पुस्तक मिलेनियम प्रोजेक्टको लागि अमूल्य सुजाव र सहयोगको लागि तमू संस्कृति मञ्च यूकेको तर्फबाट आभार व्यक्त गर्दै निर्देशक क्या. राजु लेम तमुले आउँदा दिनहरूमा पनि सहयोग र सुझावको अपेक्षा रहेको बताए ।
-गोर्खा मिडिया संवाददाता

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments