Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू संस्कार संस्कृतिमा आधारित चलचित्र ‘नुमा’ को पोखरामा प्रदर्शन

तमू संस्कार संस्कृतिमा आधारित चलचित्र ‘नुमा’ को पोखरामा प्रदर्शन

पोखरा । रेड ओशियन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको तमू संस्कार संस्कृतिमा आधारित नेपाली चलचित्र  ‘नुमा’ को शनिबार पोखरामा उल्लासमय प्रदर्शन भएको छ। महिला संम्वेदनालाई मुख्य विषय बनाई तमू गाउँ र गोठलाई मुख्य छायांकन स्थल बनाइएको यो चलचित्रको पोखरा देखि प्रिमियर सो सुरु गरिएको कम्पनीका संस्थापक विकास घले तमूले बताए ।

चलचित्र ‘नुमा’ लाई प्रितम तमूले निर्देशन गरेका हुन्। उनको यो ४८ औं चलचित्र हो।

फिल्मलाई चलचित्र निर्देशक बिकास घले तमू (युएस), ओम तमू (युके), श्री प्रसाद तमू (युके), बिनोद तमू, गम तमूले निर्माण गरेका हुन्।

फिल्ममा विश्वात्मा तमू, कासी घले (इन्द्र), टिकाराम घले, सीतादेवी तमू, सन्जित तमू, सुदिप तमू, सन्तोषि तमू, आस्था तमू र आईतराम तमूको अभिनय रहेको छ ।

पोखराको विशेष प्रदर्शनीमा नेपालि तथा तमू चलचित्रका चिर परिचित अनुहार मोओत्से तमू, डिबि तमू, भोज ब. तमू लगायतको सहभागिता रहेको थियो ।

फिल्ममा खेम थापामगरको छायांकन, मेग थापाको सम्पादन, एकेन्द्र तमू र केश तमूको शब्द, राकेश तमू र दुर्गा तमूको संगीत, तिलक तमू, तारा शिरिस मगर र पवित्रा तमूको स्वर रगेको छ भने सन्तोशि तमू र मनाङ तमूको नृत्य रहेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments