Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू विद्यार्थी नवलपरासीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न

तमू विद्यार्थी नवलपरासीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न

नेपाल तमु(गुरुङ) विद्यार्थी छोजं.धिं. जिल्ला कार्यसमिति नवलपरासीले जिल्लाभरिका कक्षा १२ उत्तीर्ण गुरुङ विद्यार्थीहरुको हौसला र आत्माबिश्वास बढाउनका निम्ति विद्यार्थीहरुलाई शनिबार सम्मान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ। यसै संस्थाका सचिव अस्मिता तमूस्योले संचालन गर्नुभएको उक्त कार्यक्रममा यस संस्थाका अध्यक्ष सोमिया तमुस्योको सभापत्तिवमा, तमु ह्युला छोजं. धिं.केन्द्रिय भाषा अनुसन्धन तथा अनुगमन विभागका केन्द्रिय सल्लाहकार ठाकुरजङ्ग मोह्ब्जे तमुको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिमा तमु ह्युला छोजं.धिं.का केन्द्रिय सदस्य पुरण तमू तथा अतिथिहरुमा तमू ह्युला छोजं. धिं.जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष ईन्द्र तमु, तमू ह्युला छोजं. धिं.जिल्ला कार्यसमिति नवलपरासीका बरिस्ठ उपाध्यक्ष जन्सरि तमूस्यो, तमू ह्युला छोजं. धिं.जिल्ला कार्यसमिति नवलपरासीका संगठन सचिब तिल बहादुर तमूज्यु, तमुस्यो ह्युल छोजं. धिं.जिल्ला कार्यसमिति नवलपरासीका उपाध्यक्ष उमा तमूस्यो, संगठन सचिव निशा तमूस्यो, बन्कट्टि-हर्दिया ईकाई अध्यक्ष रामप्रसाद तमू, बन्कट्टि-हर्दिया ईकाई माङी अध्यक्ष लौमाया तमूस्यो, ने.त.वि.छोजं.धिं. जिल्ला नवलपरासीका निवर्तमान कोषाध्यक्ष निर्मला तमूस्यो , ने.त.वि.छोजं.धिं. जिल्ला नवलपरासीका निवर्तमान साँस्कृतिक बिभाग प्रमुख नानु तमुस्यो लगायत जिल्लाभरिका अग्रज तथा तमु विद्यार्थीको बाक्लो उपस्थित रहेको थियो।

कार्यक्रममा १२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई अतिथिहरुको हातबाट सम्मान पत्र सहित सम्मान गरिएको थियो भने उक्त कार्यक्रममा निबर्तमान कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुलाई पनि मायाको चिनो प्रदान गरी बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो। साथै निवर्तमान कार्यसमितिद्वारा नयां कार्यसमितिलाई अगामी दिनमा कार्यक्रम संचालनमा सहजिकारण होस भनि छुट्टाईएको रकम निवर्तमान कोषाध्यक्ष निर्मला तमुस्योको हातबाट वर्तमान अध्यक्ष सोमिया तमुस्यो तथा तथा वर्तमान कोषाध्यक्ष समिक्षा तमुस्योलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको अन्तिममा तमू विद्यार्थी नवलपरासीकी अध्यक्ष सोमिया तमूस्योले “जिल्लाभरिका तमू विद्यार्थीहरुको हौसला र आत्माबिश्वास बढाउनका निम्ति कक्षा १२ उत्तीर्ण विद्यार्थी भाबहिनिहरुलाई सम्मान कार्यक्रम साथै यसै कार्यसमितिका निबर्तमान पदाधिकारी तथा सदस्यहरुसंग सुमधुर सम्बन्ध कायम रहोस भनि निबर्तमान कार्यसमितिलाई सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरिएको तथा आर्थिक सहयोगको निम्ति निवर्तमान कार्यसमितिलाई धेरै-धेरै धन्यवाद दिनु हुदै अगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा हुने जानकारी दिदै कार्यक्रमलाई औपचारिक रुपमा सम्पन्न गर्नुभएको प्रचार सचिव सोम तमुले गोर्खाली रेडियोलाई बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments