तमू विद्यार्थी छोंज धीं चितवनको अध्यक्षमा सुमित गुरुङ
भरतपुर, १५ जेठ । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ चितवनको अध्यक्षमा सुमित गुरूङ चयन भएका छन् । शनिबार महाबौद्ध गुम्बा तीनखोलेमा सम्पन्न ११औँ जिल्ला अधिवेशनले सुमितको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रतिभा गुरूङ, उपाध्यक्षमा मनीष गुरूङ र रूक्सन गुरूङ, सचिवमा सविन गुरूङ, कोषाध्यक्षमा अस्मिता गुरूङ, सह–सचिवमा दुपेन्द्र गुरूङ र सह–कोषाध्यक्षमा अनिता गुरूङ चयन भएका छन् ।
यस्तै सोही अधिवेशनबाट छोँज धीँको सांस्कृतिक संयोजकमा आयुष गुरूङ र सह–संयोजकमा अमिषा घले चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा भने स्वर्णिमा गुरूङ, सन्दीप गुरूङ, सुवास गुरूङ, आभा गुरूङ, प्रकाश गुरूङ, वर्षिना गुरूङ, समिता गुरूङ, अश्निषा गुरूङ चयन भएका छन् ।
२५ सदस्यीय कार्यसमितिको बाँकी सदस्य भने पछि मनोनयन गरिने विद्यार्थी छोँज धीँका केन्द्रीय समितिका शैक्षिक विभाग प्रमुख विशाल गुरूङले जानकारी दिए । वि.सं. २०५२ सालमा स्थापना भएको यो संस्थाले तमू समुदायको कला, भाषा, धर्म, संस्कृतिक जगेर्ना गर्नुमा मह¤वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।