Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू विद्यार्थी छोंज धीं काठमाण्डौको अध्यक्षमा लिल बहादुर तमू निर्वाचित

तमू विद्यार्थी छोंज धीं काठमाण्डौको अध्यक्षमा लिल बहादुर तमू निर्वाचित

काठमाण्डौ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाण्डौको अध्यक्षमा लिल बहादुर तमू निर्वाचित भएको छ । संस्थाको पाँचौं अधिवेशन अध्यक्षमा तमूलाई निर्वाचित गरेको हो।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालय काठमाण्डौमा सम्पन्न अधिवेशनले तमूको अध्यक्षतामा २७ सदस्यीय नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं काठमाण्डौको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा अमृत तमू, महिला उपाध्यक्षमा सफी तमू, सचिवमा इना तमू, सह–सचिवमा पवन तमू, कोषाध्यक्षमा सलु तमू निर्वाचित भएका छन् ।

यस्तै शैक्षिक बिभाग प्रमुखमा बुद्ध तमू, भाषा सांस्कृतिक बिभाग प्रमुखमा बिद्या तमू, खेलकुद बिभाग प्रमुखमा सुजन तमू, अनुशासन बिभाग प्रमुखमा प्रीति तमू निर्वाचित भएका छन भने सदस्यहरुमा अनिता तमू, सौगात तमू, दिपक्सी तमू, रेखा तमू, शर्मिला तमू, जेनिथ तमू, पुनिततमू, कुसुम तमू, संजित तमू, सुदिप तमू, रिजल तमू, मनोज तमू, राजु तमू, ओम प्रसादतमू, निरुता तमू, सबिता तमू र निर्मला तमू निर्वाचित भएका छ्न।

नेपाल तमु बिद्यार्थी छोंज धीँका पूर्व महासचिव बिष्णु तमूको संयोजकतत्वमा अमर तमू र सपना तमू रहेको तीन सदस्यीय निर्वाचन समितिले उनीहरुलाई निर्वाचित गरेको हो।

अधिवेशनमा नेपाल तमु विद्यार्थी छोंज धीं केन्द्रिय अध्यक्ष पुकार तमू, महासचिव पुर्ण तमू, पुर्व महासचिव बिष्णु तमू र रस तमूको उपस्थिति रहेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments