तमू धीं थेगु शाखा कोरियाको दोश्रो अधिवेशनबाट अध्यक्षमा गणेश तमू
मंसिर २७, २०७८ | बोम्जन तमू, सउल कोरिया । तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार संस्थाका अध्यक्ष हर्क तमूको सभापतित्व र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन तमूको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
तमू धीं थेगु शाखाको दोश्रो अधिवेशनमा संस्थाका उपाध्यक्ष विनोद तमूको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका सचिव बिल तमूले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मणि तमूले आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । सो अधिवेशनमा विशेष अतिथिहरुमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाका अध्यक्ष कर्ण तमू, थेगु शाखाका वरिष्ठ सल्लाहकार तथा केन्द्रीय सल्लाहकार मानसिंह तमू, शाखाका वरिष्ठ सल्लाहकार गुमान सिंह तमू, सल्लाहकार मदन तमू, केन्द्रीय महासचिव सन्तोष तमू, केन्द्रीय सचिव तुरन तमू लगायत व्यक्तित्वहरुले अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
उदघाटन सत्रपछिको बन्द सत्रमा सोही शाखा संस्थाका वरिष्ठ सल्लाहकार गुमान सिंह तमू संयोजक रहने गरि सदस्यहरु हर्क तमू, दुर्गा तमू, मानसिंह तमू, विनोद तमू सहितको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।
तमू धीं थेगु शाखा दक्षिण कोरियाको विशेष अधिवेशनबाट अध्यक्षमा गणेश तमू, उपाध्यक्ष मणि तमू, उपाध्यक्ष लिला तमू, सचिव मदन तमू, सहसचिव दिनेश तमू, कार्यालय सचिव कृष्ण तमू (माईला), कोषाध्यक्ष मिलन तमू, सहकोषाध्यक्ष शोभा तमू र सदस्यहरुमा सदिक्षा तमू, शिला तमू, मुकेश तमू, ललित तमू, कृष्ण तमू (कान्छा), ईश्वर तमू, श्याम घले तमू, माया तमू, मीरा तमू, ज्योती तमू र लेलन तमू सर्वसम्मत चयन भएका छन् ।
उक्त दोश्रो अधिवेशनबाट शाखा संरक्षकको रुपमा हर्क तमू, वरिष्ठ सल्लाहकारहरु मान सिंह तमू, बाबुराम तमू, बिल तमू रहेका छन् भने सल्लाहकारहरुमा गुमान तमू, पूर्ण तमू, शंकर तमू, विनोद तमू, प्रेमकाजी तमू, हरी तमू र निमेश तमूलाई चयन गरिएको छ । युवा संयोजकमा तारा तमू र महिला संयोजकमा पुष्पा तमू चयन गर्दै उक्त अधिवेशनले विभागीय संरचना तयार पारेको हो । अधिवेशनमा कार्यक्रम सञ्चालन संस्थाका सचिव बिल तमूले गरेका थिए । तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशनलाई सफल बनाउन उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।