Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमू धिं युकेद्धारा मुख्यमन्त्री राहत कोषमा ५ लाख रुपैंया प्रदान

तमू धिं युकेद्धारा मुख्यमन्त्री राहत कोषमा ५ लाख रुपैंया प्रदान

तमू धिं युकेद्धारा मुख्यमन्त्री राहत कोषमा ५ लाख रुपैंया प्रदान

तमू धिं युकेले आज गण्डकी प्रदेशको मुख्यमन्त्री कोरोना नियन्त्रण तथा रोकथाम राहतकोषमा ५ लाख रुपैंया राहत प्रदान गरेको छ ।

 

बेलायतमा बसोबास गर्ने नेपालीहरुको प्रभावशाली संस्थाको रुपमा चिनिएको तमू धिं युकेले गण्डकी प्रदेशका जनताको लागि सरकारी निकाय मार्फत यति ठूलो सहयोग रकम उपलब्ध गराएको हो ।

मुख्यमन्त्रीको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच तमू धिं युकेका पूर्व अध्यक्ष द्धय मेजर डम्मर घले र मुक्षेत्र गुरुङ तथा नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ एवम् तमू धिं युकेका सदस्यहरु लालकाजी गुरुङ, भिम गुरुङ, चन्द्र गुरुङ लगायतको उपस्थिती रहेको थियो ।


राहत प्रदान गर्दै तमू धिं युकेका प्रतिनिधिहरुले आफूहरु भौतिक शरिर युकेमा रहेता पनि आफूहरुको मन नेपालमै रहेकोले देशलाई दुःख पर्दा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभयो ।

साथै आगामी दिनमा पनि नेपाल र नेपालीको सहयोगको निम्ती तमू धिं युके तयार रहेको बताउनुभयो ।

राहत रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई दुःख पर्दा सहयोग गर्ने भावना बोकेर आउनेहरुको आफूहरुले उच्च मुल्याङकन गर्ने बतायनुभयो ।

 

तमू धिं युकेले विगतदेखि नै त्यहाँको राजदुताबास सँग राम्रो समन्वय गरेर बेलायतबासी नेपाली र नेपालका जनतालाई गर्दै आएको सहयोग अत्यन्तै प्रशंसनीय रहेको भन्दै तमू धिं युकेको सम्पूर्ण टिमलाई धन्यवाद दिदै आउने दिनमा पनि यसरी नै सामाजिक काममा अग्रसर भई रहोस भन्ने शुभकामना दिनुभयो ।

राहत वितरण कार्यक्रमलाई तमू धिं युकेको भवनमा बसेरले प्रत्यक्ष प्रशारण हेरिरहनु भएका तमू धिं युकेका अध्यक्ष नन्दजंग गुरुङले राहत वितरण कार्यक्रममा सहभागि भएका सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मिनबहादुर गुरुङ र मनबहादुर गुरुङको विशेष उपस्थिती रहेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments