Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमू धिं युकेद्धारा तमू कलाकार संघलाई १ लाख आर्थिक सहयोग

तमू धिं युकेद्धारा तमू कलाकार संघलाई १ लाख आर्थिक सहयोग

तमू धिं युकेद्धारा तमू कलाकार संघलाई १ लाख आर्थिक सहयोग

३१ जेष्ठ २०७७, शनिबार |रोशनी गुरुङ 
पोखरा | कोभिड –१९ का कारण समस्यमा परेका तमू कलाकारहरुलाई राहत वितरण गर्ने उद्देश्यले संघ मार्फत कलाकारलाई सो आर्थिक सहयोग गरेको तमू धिं युकेका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो ।

आज पोखरामा भएको एक कार्यक्रमका बीच सहयोग रकम ग्रहण गर्दै तमू कलाकार संघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष गायिका दुर्गा गुरुङले तमू धिं युकेले विगतदेखि तमू कलाकारहरुलाई गर्दै आएको माया र सहयोग अतुलनीय रहेको भन्दै तमू धिं युके परिवारलाई धन्यवाद दिनुभयो ।


तमू धिं युकेकै सहयोग र पहलमा वर्षेनी थुप्रै तमू कलाकारहरुले नेपाली मेला, गोर्खा कप तथा ल्होछार लगाएतको कार्यक्रममा सहभागि भई बेलायतको भ्रमण गर्ने सुनौलो अवसर जुरेको भन्दै आउने दिनमा पनि तमू कलाकार संघ र तमू धिं युकेको सम्बन्ध सुमधुर रहेने बतायनुभयो ।

कार्यक्रममा तमू धिं युकेका पूर्व अध्यक्षद्धय मेजर डम्मर घले र मुक्षेत्र गुरुङ, नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ लगायत अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments