Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको सांसदहरु सम्मानित !!!

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको सांसदहरु सम्मानित !!!

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको आयोजनामा एक कार्यक्रमका बीच सांसदहरु सम्मानित हुनुभएको छ । पोखरा रंगशाला गेट अगाडी डाँडाखर्क आर्थर पञ्चकोशी तमु समाजमा आइतबार हि ल्हो (बिरालो वर्ग) ल्होसारको अवसरमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा वधाइ समेत ज्ञापन गरिएको थियो । गएको मंसिर ४ गते निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरु सम्मानित हुनुभएको हो ।

कार्यक्रममा सांसद मन बहादुर गुरुङ, विद्या भट्टराई, शिव नेपाली, खगराज अधिकारी, वेद वहादुर गुरुङ सम्मानित हुनुभएको छ । त्यसैगरी भिम वहादुर कार्की, देवका पहारी, राजकुमारी भुजेल, सरस्वती गुरुङ, नन्दकला नेपाली, प्रकाश केसी, गणेशमान गुरुङ लगायत सम्मानित हुनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय पूर्व महासचिव खड्क वहादुर गुरुङ, कार्यवहाक अध्यक्ष सीता गुरुङ लगायतले खादा र प्रमाण पत्रले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

उक्त अवसरमा वोल्नुहुँदै पूर्व महासचिव गुरुङले बाघ बनाएर पठाएइएको सांसदहरुले स्यालको रुप नलिने विश्वास व्यक्त गर्नुभयो । समास्या समाधानका लागि नवनिवार्चित सांसदहरुले पहलगर्नुपर्नेमा जोड दिनुहुँदै गुरुङले भेष, भुषा, संस्कार, संस्कृति संरक्षणका लागि सवै गुरुङहरु एक हुनुपर्नेबारे समेत जोड दिनुभयो ।

मुलुक सबैको साझा भएको दावी गर्नुहुँदै, सांसद विद्या भट्टराईले सांस्कृतिक विविधता संरक्षण गर्नमा पहल गर्ने प्रद्धिवद्धता व्यक्त गर्नुभयो । साथै सबै वर्ग र सामुदायमा विभेद हुन नहुने बारे उहाँले बोल्नुभएको थियो ।

विभेद रहित संविधानले मौलिक हकको ग्यारेन्टी गरेकाले आम सामुदायको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिइने बारे बोल्नुभएको थियो । सांसद गणेशमान गुरुङले आदीवासी जनजातीका हक र अधिकारका लागि अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संसदमा जनताका अधिकारका कुरा राख्ने नेपाली कांग्रेस सांसद तथा महासमिति सदस्य सरस्वती गुरुङको प्रतिवद्धता रहेको थियो । तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले यस्ता कार्यक्रमलाई सवैले राष्ट्रियताको रुपमा लिनका लागि आग्रह गर्नुहुँदै, विशेष गरी, समानुपातिक सांसदले समानुपातिक समावेसितालाई मध्यनजर गरी आवाज बिहिनहरुको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आदीवासि जनजाती महासंघ गण्डकीका सचिव मीलन भुजेल, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जीत बहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रमको अवसरमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष सिता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सुवेदार इन्द्र बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने, सचिव आश वहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments