तमु सांस्कृतिक प्रतिष्ठान नेपालले मादी गाउँ पालिकाका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे
२०७७, माघ १८, पोखरा । मणी तमु |तमु सांस्कृतिक प्रतिष्ठान नेपालले कास्की, मादी गाउँपालिका वडा नम्बर १ सिक्लेस, २ ताङतिङ, ३ यांग्जाकोट र ६ तप्रांग र खिलाङ गाउँका विपन्न तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई उनीहरुको विद्यालयमा औपचारिक कार्यक्रम गरि छात्रवृत्ति वितरण गरेको छ ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा तल निम्नलिखित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो |
१. लक्ष्मी तमु,श्री महारुद्र मा.वि.,मादी गा.पा.-६, तप्राङ , अक्षयकोष दाता-श्री भिमकाजी तथा विष्णु तमु, छात्रवृत्ति शिर्षक – ह.सु.मे. रन बहादुर तमु स्मृति छात्रवृत्ति,
२.शोभा तमु, श्री महारुद्र मा .वि.मादी गा.पा.-६, अक्षयकोष दाता-श्री प्रदीप तथा जमुना तमु, छात्रवृत्ति शीर्षक – केशु तथा मनमाया ता स्मृति छात्रवृत्ति,
३.अमृता तमु,श्री स्थानपति आधारभुत वि., मादी गा.पा.-१,खिलाङ, अक्षयकोष दाता- क्या. पिताम्बर तथा लक्ष्मी तमु,छात्रवृत्ति शीर्षक – क्या. पिताम्बर तथा लक्ष्मी तमु छात्रवृत्ति
४.लक्ष्मी तमु, श्री हिमालय मिलन मा .वि. मादी गा.पा.-२,ताङतिङ, अक्षयकोषदाता- गुरुङ समाज नेदरल्यान्ड, छात्रवृत्ति शीर्षक – गुरुङ समाज नेदरल्यान्ड छात्रवृत्ति
५.खुस्मा तमु,श्री हिमालय मिलन मा .वि., मादी गा.पा.ताङतिङ, अक्षयकोषदाता- श्री खुशीमान तथ मीना तमु, (थालाजुङ, गोरखा , हाल- यू.के.)
६.तारा तमु, श्री अन्नपूर्ण मा .वि. मादी गा.पा.-१,सिक्लेस, अक्षयकोषदाता – श्री हुम बहादुर तथा हिरादेवि (तमु साँस्कृतिक प्रतिष्ठान नेपालको उपाध्यक्ष ) (पोखरा महानगरपालिका -१६,अर्मलाकोट,कास्की , हाल -जल्पारोट,पोखरा -८ छात्रवृत्ति शीर्षक – श्री हुम बहादुर तथा हिरादेवि (तमु साँस्कृतिक प्रतिष्ठान नेपालको उपाध्यक्ष )छात्रवृत्ति
७.मुना तमु,श्री अन्नपूर्ण मा .वि. मादी गा.पा.- १,सिक्लेस, अक्षयकोषदाता – श्री लालश्री तमु(मादी गा.पा.-१,पार्चे,हाल-यू.के.) छात्रवृत्ति शीर्षक- श्री लालश्री तमु छात्रवृत्ति
८.रिया तमु,श्री सीताराम मा.वि. मादीगा.पा.-३,याङ्जाकोट, अक्षयकोदाता-श्री चन्द्रमान तथा राधा तमु(तान्चोक गाउँ, कास्की, हाल- यू.के.) छात्रवृत्ति शीर्षक – श्री चन्द्रमान तथा राधा तमु छात्रवृत्ति
छात्रवृति आठ(८) जना आठ कक्षा उतीर्ण भएका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई प्रतिष्ठानका कार्यबाहक अध्यक्ष श्रीजंग तमुको नेत्रित्वमा उपाध्यक्ष हिरा तमु, कोषाध्यक्ष कौशिला तमु, सहकोषाध्यक्ष श्याम तमु, वेबसाइट प्रबन्धक एवं कार्यसमितिका सदस्य मणी लाल तमु, सदस्य लक्ष्मी तमु र कार्यालय सचिव मिरातमुको समुह छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको विद्यालयमा गएर विद्यालयका प्रधानाध्यापक, शिक्षक र स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष एकजंग तमुद्वारा वितरण गरिएको गरिएको थियो ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको स्थापना सन् २००१ मा भएको हो । ग्रामीण भेगका विपन्न तमु विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्नको लागि यस संस्थाले छात्रवृत्ति कार्यक्रमलाई अघि बढाएको हो । बास्तवमा यसको सुरुवात हरेक वर्षको एस एल सी मा देशभरका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये उत्कृष्ट अंक ल्याउन सफल २ छात्र र २ छात्रा गरी ४ जनालाई नगद पुरस्कार दिएर प्रोत्साहन गर्दै आएको थियो । तर एस एल सी को मार्किङ ग्रेडिङ्गमा लगे पछि भने यस कार्यक्रमलाई स्थगन गरिएको छ ।
वि स २०६५ देखि व्यक्तिगत तथा संस्थागतरुपमा अक्षयकोषको स्थापना गरी हरेक वर्ष यस संस्थले विभिन्न जिल्लाहरुका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ७ उत्तीर्ण गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरु मध्येबाट लिखित तथा अन्तर्वार्ताको माध्यमद्वारा कोटा निर्धारण गरेर मेरिटको आधारमा छनौट गरी कक्षा ८,९ र १० मा गरी लगातार ३ वर्ष छात्रवृत्ति प्रदान आइरहेको थियो । पछिल्लो समय नेपाल सरकार शिक्षा विभागले कक्षा १२ सम्मलाई माध्यमिक तह बनाएपछि सो छनौट प्रक्रियामा थोरै फेरबदल गरेर अहिले कक्षा ८ उतिर्णलाई परीक्षा लिएर कक्षा ९,१०,११ र १२ गरी ४ वर्ष लगातार छात्रवृत्ति दिदै आएको छ । छात्रवृत्तिको धनराशी जनही वार्षिक रु ८ हजार रहेको छ ।
हाल १९ जिल्लाका १२८ जना तमु विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिदै आएको छ । यसरी सानो धनराशिको छात्रवृत्ति भएपनि दिदा विद्यार्थीमा हौसला थपिने र गर्व महशुस गर्नुका साथै अध्ययनमा निखार आउने देखिन्छ ।
छात्रवृत्ति पाएका विद्यार्थीहरुको एस. एल. सी. अथवा एस. ई.ई. उत्तीर्ण दर शतप्रतिशत रहेको छ ।
छात्रवृत्ति बाहेक अन्य बिबिध शिर्षक(तमु भाषा, धर्मा, संस्कार, संस्कृति, खेलकुद, साहित्य र समाजसेवा ) क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई समेत यस संस्थाले सम्मान गर्दै आइरहेको छ ।
{AG}scholarship-distribution-madigapa{/AG}