Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु साँस्कृतिक प्रतिष्ठान २२औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान २२औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान २२औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

लालशोभा तमु उत्कृष्ट आमा अवार्ड- २०७९ टकमाया तमुलाई प्रदान

सदिच्छा गुरुङ, पोखरा । लालशोभा तमु उत्कृष्ट आमा अवार्ड- २०७९ टकमाया तमुलाई प्रदान गरिएको छ ।   “उच्च शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकेको तमु साँस्कृतिक प्रतिष्ठान २२औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा  टकमाया तमुलाई उक्त अवार्ड प्रदान गरिएको हो । २० हजार राशीको लालशोभा उत्कृष्ट आमा पुरस्कारबाट लमजुङका रोशन तमुका आमा टक माया तमुलाई पुरस्कृत गरिएको हो ।

यसै संस्थाबाट छात्रवृति प्राप्त गरेका तमु विद्यार्थीहरू मध्ये यस वर्ष कक्षा १२ मा सर्वोकृष्ट अंक ३.४९ जि.पि.ए ल्याउन सफल मर्स्याङदी गाउँपालिका लमजुङ घर भई हाल जेभियर्स ईन्टरनेशनल सेकेन्डरी स्कुल, कालोपुल काठमाडौंमा अध्ययनरत रोशन तमुकी ममतामयी आमा टकमाया तमुलाई यस वर्षको उक्त अवार्ड प्रदान गरिएको छ।

बुबा भारतिय सेनामा भएकाले बाल्यकाल भारतमै बितेका टकमाया तमु १३ बर्षको उमेरमा नेपाल फर्किनु भयो र २१ बर्षको उमेरमा सुब्बा तमुसँग विवाह भयो। उहाँहरूको एक मात्र सन्तान रोशन तमु अध्ययनमा अति तिष्ण भएकोले विद्यालयबाट विभिन्न शिर्षकहरूमा प्राप्त पुरस्कारहरूले नै उनको पढाइको लागि आवश्यक शैक्षिक सामाग्री पूर्ति हुने गर्थ्यो। कृषि  पेशासँगै गाउँमा किराना पसल पनि संचालन गर्दै आउनुभएका तमु दम्पति छोरा रोशनलाइ घरायासी कामहरूमा व्यस्त नगराई उनको पढाइको लागि समय मिलाएर राम्रो वातारण दिई असल अभिभावकको भूमिका निर्वाह गर्नुभयो। शिक्षक शिक्षिकाहरूले छोराको प्रशंसा गर्दा उहाँ गर्व महसुस गर्नुहुनथयो। आफू कडा मेहिनेत गरेर पनि छोराको लागि घरमै ट्युसनको व्यवस्था समेत मिलाइदिनुहुन्थ्यो। एस.ई.ई दिए पश्चात छोराको रोजाइकै विज्ञान विषय पढ्न काठमाडौं पठाउनुभयो। जीवनमा विभिन्न समस्याहरूलाई व्यवस्थापन गर्दै ठूलो संघर्ष र कडा परिश्रम गर्न परे पनि छोराको पढाईको लागि कहिल्यै सुस्केरा नहाली निरन्तर मेहिनेत गरिरहने बाबा आमाको योगदान र उनको तिष्ण बुध्दिकै कारण आज रोशन गुरूङ  प्रतिष्ठानको विद्यार्थीहरू मध्ये सर्वोत्कृष्ट नतिजा  हासिल गर्न सफल भइ आफ्नी आमालाई “ उत्कृष्ट आमा” को रूपमा चिनाउन सफल भएको छ।

यसरी नै भविष्यमा पनि तपाई  रोशन तमुले अध्ययनलाई निरन्तरता दिदै शिक्षाको माध्यमबाट देश,समाज र तमु समुदायको उत्थानमा महत्वपुर्ण भूमिका खेल्नेछ भन्ने कुरामा पूर्ण विश्वस्त हुँदै प्रतिष्ठान परिवार उहाँको उत्तरोत्तर प्रगति, सफल जीवन र उज्जवल भविष्यको कामना गरिएको छ ।

वर्षेनी देशका विभिन्न २२ जिल्लामा तमु विद्यार्थी छात्रवृति वितरण गर्दै जाने क्रममा संस्थाका आजीवन सदस्य, अक्षयकोषदाता तथा युवा व्यवसायी चितवन, भरतपुर निवासी हिमाल तमुले तमु समुदायका विद्यार्थीहरूलाई  उनीहरूको अध्ययन प्रति अझै बढी लगाव र मेहेनती हुदै उज्जवल भविष्य निर्माणको निम्ति आफ्नो ममतामयी आमा लालशोभा तमुको नाममा वि.सं.२०७० सालमा “लालशोभा तमु उत्कृष्ट आमा अवार्ड” को स्थापना गर्नु भएको हो । कुनै पनि सन्तानको सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आमाको त्याग,योगदान र संघर्ष रहेको हुन्छ भन्ने मान्यता राख्नुभइ परिकल्पना गरिएको यो अवार्डसम्पूर्ण आमाहरूको सम्मान स्वरूप यस संस्थाबाट छात्रवृत्ति प्राप्त गर्दै आइरहेका कक्षा १२ मा अध्ययनरत तमु विद्यार्थीहरू मध्ये सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीका आमालाई रु २० हजार सहित अवार्डले सम्मान गर्दै आइरहेको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments