
“उच्च शिक्षा हाम्रो लक्ष्य” भन्ने मुल नारालाई आत्मा साथ गर्दै विस २०५८ सालमा स्थापना भएको तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शनिबार एक कार्यक्रमको आयोजना गरी तमु विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।
प्रतिष्ठानले विभिन्न संघसंस्था एवं व्यक्तिद्वारा स्थापना गारिएको अक्षयकोष मार्फत ग्रामिण भेगका आर्थीक विपन्न तमु विद्यार्थीहरुलाई लक्षित गरी सुरु गरिएको छात्रवृती अन्तर्गत विभिन्न जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयका छनोट परिक्षा उर्तिण गर्न सफल तमु विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्दै आइरहेको छ ।

प्रमुख अतिथि पाेखरा एकेडेमीका संस्थापक प्राचार्य महेन्द्र तमुले दीप प्रज्वलन गरि कार्यक्रमकाे उद्घाटन गर्नु हुँदै छात्रावृति प्राप्त गरेपछि विद्यार्थीहरुले थप हाैसला, जाेस , जाँगरका साथ पढ्नु पर्ने बताउनुभयाे । अहिलेकाे परिवेशमा शिक्षा अपरिहार्य रहेकाे हुँदा शिक्षा विना सफलता असम्भव रहेकाले यही प्रेरणालाई आत्मसाथ गरि अगाडि बढ्न उहाँले सुझाव दिनुभयाे । + २ पढेपछि विदेशिने प्रवृत्तिलाई इंगित गर्दै उहाँले दृढ संकल्प भए नेपालमा सफलता प्राप्त गर्न सकिने बताउनुभयाे ।

विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष तथा अक्षयकाेषदाता, प्रतिष्ठानका सल्लाहकार कर्म तमुले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई शिक्षाको महत्वलाई बुझेर अगाडि बढ्न आग्रह गर्नुहुदै आफ्ना भाईबहिनी साथै साथीहरुका निम्ति प्रेरक वन्न सक्नु भनी आर्शिवाद सहित शुभकामना व्यक्त गर्नु भयाे ।
यस्तै लिटिल स्टेप मावि तथा लिङ्कन कलेजका संस्थापक निर्देशक शेर बहादुर तमुले एसईई उर्तिण विद्यार्थीहरुलाई आजकाे आवश्यकता प्राविधिक शिक्षा रहेकाले प्राविधिक शिक्षा अध्ययनका लागि सुझाव दिनुभयाे । उहाँले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुले आफुलाई अध्ययनमा सहयाेग गर्ने संस्था, अक्षयकोष दाता, आफ्ना अभिभावक, गुरुहरु, विद्यालय र समाजकाे इज्जत र प्रतिष्ठा उच्च बनाउने अठाेटका साथ पढ्न आग्रह गर्नुभयाे । मानिस शिक्षित भएमा उसले सबैबाट सम्मान माया पाउन सक्ने उहाँले बताउनु भयाे ।

प्रतिष्ठान मार्फत छात्रवृत्ति पाएका विद्यार्थीहरुकाे समूह तमु साँस्कृतिक प्रतिष्ठान तमु विद्यार्थी समितिका अध्यक्ष शिला तमुले एसईई दिएका विद्यार्थीहरुलाई बधाई दिदै याे पहिलाे खुट्किला मात्र रहेकाले अवका बाँकी खुट्किलाहरु थप मेहनतका साथ चढ्नु पर्ने बताउनुभयाे । यस्तै उहाँले प्रतिष्ठानले प्रदान गर्ने छात्रवृत्तिले विद्यार्थीमा थप पढाइ प्रतिकाे लगाव बढ्ने बताउनुभयाे । उनले हाल फार्मेसीमा मास्टर गरि सकेकी छन् ।
कार्यक्रममा २०७५ को एस ईई परिक्षामा प्रतिष्ठानको छात्रवृती पाउने २३ जना विद्यार्थीहरु सह्भागी भएको मा नतिजा समग्रमा सन्तोष जनक रहेको बताउदै उत्कृष्ठ नतिजा सहित उर्तिण हुन सफल अन्नपुर्ण मावी सिक्लेसका कास्कीका स्नेह तमु (३ ।९), भुक देउराली मावी भुकताङ्ले पर्वतका सोनिया तमु, पाचोक मावी पाचोक लम्जुङका पवन तमुलाई बधाई ज्ञापन गरिएको थियो ।
छात्रवृती पाउने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु, अक्षयकोष दाताहरु ले बधाइ सहित उज्वल भविष्यको शुभकामना सहित छात्रवृती वितरण गर्नु भएको हो ।
प्रतिष्ठनका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठान उपाध्यक्ष चित्र बहादुर गुरुङ र सन्चालन सचिव श्री जङ गुरुङले गर्नुभएको थियो ।
फेसबुक एल्बम : https://www.facebook.com/pg/mani.gurung.tamu/photos/?tab=album&album_id=925835724421808
{vsig}photos/tamucan_chhatrabriti_2076/{/vsig}