Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNतमु समाज यूकेले किन्यो समाज घर

तमु समाज यूकेले किन्यो समाज घर

तमु समाज यूकेले किन्यो समाज घर
२०७७, १८ श्रावण आईतवार
करिब ५ लाख पाउण्डमा खरिद गरिएको डिट्याच बङ्लोलाई सामुदायिक भवन बनाईने ।


लन्डन । बेलायतको च्यारिटी संस्था तमु समाज यूकेले लन्डनमा घर खरिद गरेको छ । ग्रीनफोर्ड ब्रोडवे नजिक करिब ५ लाख पाउण्डमा डिट्याच बङ्लो खरिद गरिएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । उक्त प्रोपर्टीलाई कसरी उपयोग गर्ने भन्ने निर्णय आजीवन सदस्यहरुको राय सल्लाहमा सेप्टेम्बर दोश्रो सातासम्म गरिने पनि गुरुङले जनाए ।

काउन्सिलबाट ‘प्लानिङ परमिसन’ लिएर त्यहां धार्मिक गतिविधि, पूजाआजा र सभा सम्मेलन गर्न मिल्ने गरि भौतिक संरचना बनाउने समाजको योजना छ ।

समाजले अहिले करिब आधा रकम डिपोजिट गरेर घर खरिद गरेको हो । खरिद प्रक्रिया सकिएपछि तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ साथै सामाजिक भवन खरिद परियोजनाका संयोजक उपाध्यक्ष शिवकुमार गुरुङले चाबी लिएका छन् ।

 

सामाजिक भवन खरिद परियोजनाका संयोजक उपाध्यक्ष शिवकुमार गुरुङ हुन् भने अन्य सदस्यहरूमा ज्ञानबहादुर गुरुङ, केदारबहादुर गुरुङ, हरिमान गुरुङ, बिन्दु घले, बिजु गुरुङ, उमादेवी गुरुङ, टिकादेवी गुरुङ, माया गुरुङ, टंकराम गुरुङ र ले. रि. पञ्चबहादुर गुरुङ थिए । 

समाजले भोलि अगष्ट २ तारिख आइतबार औपचारिक रुपमा गृह प्रवेश कार्यक्रम भने स्थगित गरेको छ । बेलायत सरकारको निर्देशन अनुसार अहिले जमघट गर्न नमिल्ने भएकाले कार्यक्रम स्थगित गरिएको गुरुङले बताए । परिस्थिति अनुकुल भएपछि औपचारिक कार्यक्रम गर्ने योजना संस्थाको छ ।

तमु कला संस्कृति, भेषभूषा, धर्म एवं परम्परा जगेर्ना तथा उत्थान साथै कल्याणकारी कार्य गर्ने उद्देश्यसहित सन् २००७ मा स्थापित उक्त समाजले सन् २०१७ सेप्टेम्बरमा वेम्ली बारहाम पार्कमा ब्रेन्ट काउन्सिलसंग सामुदायिक हलसमेत पाएको छ । उक्त तमु समाज कम्युनिटी भवन ७ वर्षको लिजमा छ र समाजले चाहेजति लिज एक्सटेन्सन गर्न सक्ने संस्थापक अध्यक्ष गुरुङले बताए । तमु समाज यूकेले गरेको सामुदायिक कार्यबाट प्रभावित भएर ब्रेन्ट काउन्सिलले समाजलाई हल प्रदान गरेको थियो ।

समाजले कोभिड १९ महामारीका बेला पनि आफ्नो सक्रियता बढाएको थियो । उसले बेलायतमा रहेका वृद्धवृद्धालाई घर घरमा राहत, स्वास्थ्य सामाग्री वितरण र नेपालको पोखरामा लकडाउनबाट पीडित असहाय र गरिव नेपालीका लागि खाद्यान्न सहयोग गरेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments