Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNतमु समाज युके १४ औं वर्षमा प्रवेश

तमु समाज युके १४ औं वर्षमा प्रवेश

मिलन गुरुङ ,लण्डन ।३० सेप्टेम्बर
तमु समाज युके आजदेखि १३ बर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ। तमु धिं लण्डनबाट तमु समाज युकेमा परिवर्तन हुदै च्यारिटी ११५००९७ नम्बरमा रजिष्टर्ड भई सामाजिक सेवामा समर्पित संस्था १४ औं वर्ष प्रवेशको अवसरमा गोर्खा मिडिया डटकमद्वारा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरिएको छ ।

गोर्खा मिडिया डटकमका प्रवन्ध निर्देशक मिलन गुरुङका अनुसार सन २०१२ जुलाई ७ मा संस्थाको बार्षिक साधारणसभाले गरेको निर्णयसंगै १० डिसेम्बर २०१२ मा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको तमु समाज युकेले छुट्टै संस्थागत सामाजिक पहिचान स्थापित गरेको छ ।


समाजसेवी चित्रबहादुर तमुको अध्यक्षतामा स्थापना भएको तमु समाज युकेले तमु मात्र हैन, बेलायती भूमिमा बसोबास गर्ने अन्य जात जातिमा परेको दुख कष्टमा पनि सहयोगी हात फैलाउँदै आएको छ भने जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी अर्थात जन्म दिने आमा र जन्मभूमी, स्वर्ग भन्दा पनि महान हुन्छ भन्ने भावनालाई आत्मसाथ गर्दै मातृभूमी नेपालका लागि पनि सहयोग गरेको छ।सेती बाढीले बगाएको बेला होस या महाभूकम्पले तहस नहस पारेको बेला नै किन नहोस, हरेक खाले प्राकृतिक बिपत्तिमा तमु समाज युकेले आवश्यकता अनुसारको सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष शिवचन्द्र तमुले गोर्खा मिडियालाई बताउनुभयो।


तमु समुदायको सामुदायिक विकास, तमु जातिको संस्कारजन्य कार्यक्रमहरु मात्र हैन, बिभिन्न चाड पर्वका बेला विविध कार्यक्रम गरी सामुहिक एकतालाई महत्व दिदै तमु समाज युके सम्पूर्ण तमु(गुरुङ)हरुको मूल घरको दायित्व बहन गर्दै आम नेपालीहरूको प्रेरणाको स्रोत बन्दै प्रगतिको पथमा अगाडी बढिरहेको आमा समुहकी निवर्तमान अध्यक्ष माया तमुले बताउनुभयो।
आज ३० सेप्टेम्बर २०२० देखि १३ बर्ष पुर गरि १४ औ बर्षमा प्रवेशसँगै तमु समाज युकेका अध्यक्ष शिवचन्द्र तमुले अत्यन्तै खुशी एवं गौरवान्वित भएको बताउनुहुदै यस सुखद अवसरमा तमु समाज युकेका सस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, आजीवन सदस्य, हालसम्मका सबै कार्यसमिति, आमा समूह, युवा समूह, आजीवन सदस्य, शुभचिन्तक र समाजका दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवादका साथ शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments