दोहा कतार । तमु (गुरुङ) समाज कतारको आयोजनामा गत १५ जनवरी शुक्रबारका दिन चेलिबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सहानियाको अलदोसरी पार्कमा विभिन्न कार्यक्रमको साथमा आन्तरिक रुपमा सम्पन्न भएको छ ।
तमुहरुले माघें संक्रान्तिका दिन चेलीबेटीलाई माना चामल दिने चार्ड परम्परागत रुपमा मनाउदै आइरहेको छ। तमु (गुरुङ) समाज कतारले बिगत केही बर्ष यता माघें संक्रान्तिलाई माघ १ गते नै मनाउन नसकेता पनि कतार सरकारको विदालाई मध्यनजर गरि रिँ च्हमिँ कैँ पिबा (चेलिबेटी खुवाउने) भोजको रुपमा मनाउने गरेको छ।
उक्त कार्यक्रममा संस्थाका सम्मानित ब्यक्तित्वहरु, अग्रज ब्यक्तित्वहरु,आजीवन सदस्य, मानार्थ सदस्य, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सम्पूर्ण साखा समिति सदस्य साथै तमाम तमु तथा गैर तमुहरुको उपस्थितीमा हर्ष उल्लासका साथ सम्पन्न भएको छ । त्यस्तै सल्लाहकार सदस्य मदन गुरुङको नेतृत्वमा विभिन्न मिष्ठान्न भोजनको परिकार सहित चेलीबेटीलाई खुवाउन सम्पूर्ण दोहा बासी दाजुभाईहरु एक आपसमा मिलिजुली हर्ष उल्लासका साथ सहभागी थियो । बिचबिचमा झ्याउरे गितहरु गाउदै ठट्टा मजाक् गर्दै खुल्ला चौउरमा चेलीबेटीहरुको लागि र उपस्थित पाहुनाहरुको लागि खाना बनाउदै नाच्दै रमाउदै गर्दा कार्यक्रमको मोह अझ रमाइलो बनेको थियो।
कार्यक्रममा तमु ल्वो ल्होसारमा सौजन्य गर्नु हुने संस्थाका सल्लाहकार सदस्य रस (शिव) गुरुङ, द्वितीय उपाध्यक्ष तेज गुरुङ, कलाकार गोबिन्द गुरुङ, केन्द्रीय सदस्य प्रकाश गुरुङ र सुभचिन्तक चन्द्र बिष्ट, लाई प्रमुख संरक्षक बिल बहादुर गुरुङबाट खादा तथा सम्मान पत्रले सम्मान् गरेको छ ।
संस्थालाई सदैब माया गर्ने, संस्कृतिलाई जीवन्त राख्नको लागि रातदिन नभनि खट्नु हुने, सस्थामा सांस्कृतिक विधा बाट योगदान दिनु हुने सम्पूर्ण कलाकार समुहलाई केन्द्रीय अध्यक्ष खुशी मान गुरुङबाट खादा लगाई तमु सांस्कृतिक परिवार अध्यक्ष दुर्गा बहादुर गुरुङको हातबाट प्रसंशा पत्रले सम्मान गरिएको थियो।
महिला चेलीबेटीहरुलाइ संस्थामा दिएको योगदानको उच्च कदर गर्दै माघे सन्क्रान्ति भएकोले तरुल,बोडी र दाल भात तरकारि अचार, मासु जस्ता परिकार खुवाई प्रमुख संरक्षक बिल बहादुर गुरुङ द्वारा लुङि हस्तान्तरण गरि सम्मान गरिएको थियो। चेलीबेटीको तर्फबाट बार्सिक रुपमा गरिने सम्मान स्वरुप सल्लाहकार द्वय नारायणसिंह गुरुङ र कुमार गुरुङ लाइ महिला विभाग संयोजक उमा गुरुङ, अग्रज महिला सदस्यबाट फेटा लगाइ सम्मान गरिएको थियो । साथै प्ये ताँ ल्हु ता समितिको अध्यक्ष तथा पच्यु चिब अर्जुन गुरुङ, अध्यक्ष खुशी मान गुरुङ, प्रमुख संरक्षक बिल बहादुर गुरुङ लाइ महिला विभाग संयोजक उमा गुरुङ, अग्रज महिला सदस्य लगाएत चेलीबेटीहरुबाट एकमुष्ट रुपमा सेलरोटी, फलफुल, पेय पदार्थहरु कोसेली स्वरुप हस्तान्तरण गरिएको थियो।
ल्वो ल्होसार छेलो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुहुने पोखराका टिका प्रजु गुरुङलाई संस्थाका प्रमुख संरक्षक बिल बहादुर गुरुङबाट सम्मान पत्र र आकर्सक कपले सम्मान गरिएको थियो।
जनजाती महासंघ कतारको आठौं महाधिवेशनवाट निर्वाचित हुनु हुने निर्देशक सल्लाहकार भाइकाजी गुरुङ, वरिष्ठ उपाध्यक्षमा ,संघिय परिसद सदस्यमा क्रमस तमु सास्कृतिक परिवार अध्यक्ष दुर्गा बहादुर गुरुङ र केन्द्रिय सदस्य चित्र बहादुर गुरुङलाई संस्थाको अध्यक्षले हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभकामना दिनु भयो।
बार्षिक रुपमा संस्था प्रति दिएको योगदानको उच्च मुल्यांकन गर्दै पुरुष तर्फ सहकोषाध्यक्ष मन प्रसाद गुरुङ र महिला तर्फ गंगा गुरुङ ९ब्० लाइ प्रमुख संरक्षक बिल बहादुर गुरुङ र अध्यक्ष खुशी मान गुरुङको हातबाट सम्मान पत्र साथै फेटा क्रमु ओढाई सम्मानित गर्नुभयो।
तमु प्ये ल्हु संघ साखा कतार बाट अध्यक्ष रबिन्द्र गुरुङ र महिला सयोजक सारा गुरुङको नेतृत्वमा निबर्तमान अध्यक्ष भाइकाजि गुरुङ ,नब निर्बाचित अध्यक्ष खुशी मान गुरुङ , प्रमुख संरक्षक बिल बहादुर गुरुङ, तमु संस्कृतिक परिवार अध्यक्ष दुर्गा बहादुर गुरुङ लाइ क्रेगि (फेटा) लगाइ र महिला बिभाग संयोजक उमा गुरुङ लाइ क्रमु ओडाइ सम्मान सहित सेलरोटी, फलफुल, पेय पदर्थ हरु हस्तान्तरण गरि सम्मान गरिएको थियो ।
उक्त अनौपचारिक कार्यक्रममा सम्पूर्ण दोहा बासी तमु दाजुभाइ दिदीबहिनीहरुको महत्त्वपूर्ण योगदान र भुमिका रहेको थियो। संस्थाका विभागिय सचिब धन बहादुर गुरुङले अफिसियल काममा र सल्लाहकार सदस्य मदन गुरुङले खाना ब्याबस्थापनमा दिनुभएको योगदान प्रसंसनिय थियो।
बिहान ९ बजे देखि सुरुभएको कार्यक्रम अनौपचारिक रुपमा नै बनाउने खाने,नाच्ने, नचाउने अन्य विविध कार्यक्रमहरुको साथै संस्थाका कलाकार, अतिथि कलाकारबाट विभिन्न नृत्य प्रस्तुत गर्दै झ्याउरे लोकदोहोरी संगै बेलुका ६ बजे सम्मा भरपुर मनोरञ्जनका साथ माघे संक्रान्ति शुभकामना आदानप्रदान सहित चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सु(सम्पन्न भएको थियो।
महासचिव
पदम गुरुङ
तमु (गुरुङ) समाज कतार परिवार