तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि युकेबाट ५ लाख हस्तान्तरण
हुम तमु पोखरा, २ पुस उच्च शिक्षा हाम्रो लक्ष्यका साथ ग्रामिण भेकका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई छात्रवृत्तिका लागि युकेबाट ५ लाख रुपैया हस्तान्तरण गरिएकोछ।
तमु धिं एशोसियशन युकेबाट ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ ३ लाख ७५ हजार र स्याङ्जा सिरुवारी घर भई युके निवासी समाजसेवी डेबिड तमुले आफ्नो स्वर्गीय बाबा लालबहादुर तमु तथा आमा उजेली तमुको नाममा १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनाका लागि १ लाख २५ हजार गरी ५ लाख रुपैया हस्तान्तरण गरिएको हो।
तमु धिं एशोसियशन युकेद्धारा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ सम्पन्न च्यारिटीमा संकलित अक्षयकोष रकम र समाजसेवी डेबिड तमुले प्रदान गरेको रकम पोखरामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा तमु धिं युकेका सल्लाहकार एवम नेपाल प्रतिनीधि मेजर लक्ष्मीप्रसाद तमु र तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र तमुले तमु साँस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग तमुलाई हस्तान्तरण गरेका थिए।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग तमुको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा तमु धिं युकेका सल्लाहकार एवम नेपाल प्रतिनीधि मेजर लक्ष्मीप्रसाद तमु, प्रतिष्ठानका सल्लाहकारहरु तेजबहादुर तमु, हर्कबहादुर तमुले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानले तमु विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न गराउन सहयोग पुर्याउन अघि सारेको अभियानहरुमा तमु धिं युके र अक्षयकोषदाताहरुको प्रसंसा गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमुले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको ऐतिहासिकता, उद्धेश्य, गतिविधी, आगामी योजना, तमु धिं युके र सहयोगीहरुको साथका बारेमा प्रष्ट पारेका थिए।
प्रतिष्ठानको कार्यवाहक अध्यक्ष श्रीजंग तमुको अध्यक्षता र सचिव भेषराज तमुको संचालनमा भएको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य तथा अक्षयकोषदाता, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुकी धर्मपत्नी चन्द्र(प्रेमा) तमुको अल्पायुमै भएको दुखद निधन र प्रतिष्ठानका सल्लाहकार वरिष्ठ ईञ्जिनियर स्व.लेखबहादुर तमुको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
उक्त कार्यक्रममा तमु धिं युकेका सल्लाहकार अशोक तमु, घान्द्रुक समाज युकेका अध्यक्ष अर्जुन तमुको विशेष उपस्थिती रहेको थियो।
फोटो ग्यलरी (Photo Gallery)
{AG}tamudhin-uk-scholarship-handover-tcan{/AG}