Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNतमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर गुरुङद्वारा चितवनकी राममायाको उपचारका...

तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर गुरुङद्वारा चितवनकी राममायाको उपचारका लागि ६० हजार भन्दा बढि सहयोग

तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर गुरुङद्वारा चितवनकी राममायाको उपचारका लागि ६० हजार भन्दा बढि सहयोग

चितवन । इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुटीरहेको छ । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन ।

विगत एक बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ । कास्की नेपाल घर भएका हाल तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङले रु ६१ हजार ४८० रुपैयाँ सहयोग गर्नुभएको छ।

यस अघि चितवन रामपुर घर भइ हाल लण्डनमा रहनुभएका तेजमान गुरुङ लण्डनबाट ७५हजार हजार दुर्गाराज गुरुङले २७ हजार , खिम गुरुङले अमेरीकाबाट रु १० हजार प्रकाश गुरुङ दुबाइबाट रु १० हजार , थानेश्वर गुरुङ यूकेबाट रु ५ हजार , भीषम गुरुङले हाल साउदीबाट रु ३ हजार ८४५ सहयोग गर्नुभएको हा सहयोग गर्नुभएको छ ।

पुरानो मेडिकल कलेज चितवनमा अपरेशन पछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिएपनि आर्थिक अभाव भएपछि घर फिर्ता गरिएको थियो । हड्डीको टिबीका कारण शरिरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक बर्ष भइसेको छ ।

आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments