Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNतमु प्ये ल्हु संघ युकेको अध्यक्षमा रनबहादुर टु क्ल्हेप्री तमु

तमु प्ये ल्हु संघ युकेको अध्यक्षमा रनबहादुर टु क्ल्हेप्री तमु

लण्डन । ब्रिटेनमा बसोबास गरीरहेका गुरुङ समुदायको धार्मिक तथा सामाजिक संस्था तमु प्ये ल्हु संघ यूकेको नयाँ नेतृत्व गठन भएको छ ।

शनिबार भर्चुअल रुपमै सम्पन्न संघको १६औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले रनबहादुर टु क्ल्हेप्री तमुको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

रणबहादुर टु क्ल्हेप्री तमुको अध्यक्षतामा नवगठित कार्यसमितिमा उपाध्यक्ष पूर्ण बहादुर क्रोम्छे तमु,उपाध्यक्ष खेम बहादुर सर्बुज तमु, उपाध्यक्ष अमर सिंग त्होर्जे तमु, सचिव भवानी प्रसाद च्हम्रु तमु, कोषाध्यक्ष याम बहादुर प्हच्यु तमु, सहसचिव गम बहादुर टु क्ल्हेप्री तमु, सहकोषाध्यक्ष झक बहादुर पर्जु तमु, खेगी संयोजक डम्बर टु क्ल्हेप्री तमु, महिला संयोजक बिष्णु टु क्ल्हेप्री तमु, भोजन संयोजक केश बहादुर प्हच्यु तमु, पेयपदार्थ संयोजक मान बहादुर केप्छे तमु, मिडिया संयोजक नेत्र टु क्ल्हेप्री तमु, मनोरन्जन संयोजक अनिता प्ल्हेँ तमु, सुरक्षा संयोजक शिब प्रसाद तेँल तमु, अरु रिक्त (थप) पदहरुको लागि नवगठित छैटौँ कार्यलमितिले मनोनयन गरी नियुक्त गर्नेछ ।

लमजुङको क्होलासोंथर गाउँपालिका वडा नम्बर ३ घलेगाउँ घर भएका रनबहादुर टु क्ल्हेप्री तमु हाल बेलायतको स्वीन्डनमा बस्दै आएका छन । उनी यसअघि मेजर खुसीमान गुरुङ एमभीओ नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष थिए ।

तमु प्ये ल्हु संघको अध्यक्षमा चयन भएपछि गुरुङले प्रवासको बसाइ भए पनि तमू समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र संवर्धनमा सबै अग्रज एवम् समाजका सदस्यहरुसंग मिलेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments