
असार २४, कास्की । बोनमार्गी तमु प्ये ल्हु संघ इकाई समिति, स.फुँ.ती क्होइबो सार्दिखोला कास्कीका अध्यक्ष नरकाजी तमुको हस्ते ४ सय घरधुरीलाई रोग प्रतिरक्षा गर्ने औषधी Ars.Alb.30c वितरण गरियो ।

आर्सनिक एल्बम ३० रोग प्रतिरक्षा गर्ने औषधी २ वर्ष मुनिका बालबालिका, गर्वास्थामा रहेका महिला र अशक्त बिरामी बाहेक ३ वर्ष माथिका बालबालिकादेखि वयस्क हुँदै बृद्ध-वृद्धासम्मकालाई एकै खुराक र परिमाणमा निर्धक्क खाना सकिने यो औषधीको कुनै साइड इफेक्ट नभएको अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिका उपाध्यक्ष समेत रहेका डाक्टर दिलिप पाण्डेले बताउनु भएको छ ।

संघका केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमुले अहिलेको कोरोना महामारीबाट सशंकित र भयभीत नभई मनोबललाई उच्च राख्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट जारी निर्देशनलाई अवलम्बन गरिनुपर्नेमा जोड दिंदै सबैलाई सचेत रहन समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा संघका केन्द्रिय महासचिव हर्क योज तमुले व्यक्तिगत स्वार्थ भन्दा अलग रहेर अहिलेको कोरोना आक्रान्तबाट बच्न र बचाउन हामी सबैको बराबर दायित्व रहेको कुरा बताउनु भएको छ ।
यसरी मानव स्वास्थ्यलाई रोग प्रतिरक्षा गर्ने औषधी आर्सनिक एल्बम ३० वितरण कार्यलाई गुरुङ चलचित्र ङ्हेल्स्यो सैना र मिलन फाउन्डेसन नेपालले सहकार्य गर्दै आएको छ ।