Sunday, June 26, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ तेह्रथुम जिल्ला महिला तदर्थ समिति गठन, अध्यक्षमा डिल्ली...

तमु प्ये ल्हु संघ तेह्रथुम जिल्ला महिला तदर्थ समिति गठन, अध्यक्षमा डिल्ली माया तमु !

तमु प्ये ल्हु संघ तेह्रथुम जिल्ला महिला तदर्थ समिति गठन, अध्यक्षमा डिल्ली माया तमु !!
मणी सरब्ज तमु
२०७९ कार्तिक जेष्ठ २६ बसन्तपुर ।

तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा र संघको केन्द्रीय महिला समितिको आयोजन, कार्यक्रमका सभाध्यक्ष एवं केन्द्रीय महिला समितिका अध्यक्ष पुष्पा तेल्मे तमुस्योको अध्यक्षतामा तमु प्ये ल्हु संघ तेह्रथुम जिल्ला महिला तदर्थ समिति गठन सम्पन्न भएको छ |

नवगठित समितिको अध्यक्षमा डिल्ली माया गुरुङ, उपाध्यक्ष, तारा तमु, सचिव हिमा तमु, सह-सचिव ज्योति माया तमु, कोषाध्यक्ष जीवन कुमारी तमु चयन हुनु भएको छ |

यसरि नै सदस्यमा रोमा तमु, मनमाया तमु, तिर्थ माया तमु, राधिका तमु, अमृता प्हच्यु तमु र शशिकला तमु रहनु भएको छ |

उक्त कार्यक्रममा प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, केन्द्रिय महासहचिव हर्क योंजा तमु, कोषाध्यक्ष शेखर ल्हेंगे तमु, केन्द्रीय सदस्य धर्मराज प्हच्यु तमु, पदम बहादुर ल्हेंगे तमु, केन्द्रिय क्ल्हेप्री समतिका अध्यक्ष लोक बहादुर टु क्ल्हेप्री तमु, प्रदेश नो. १ बरिष्ठ उपाध्यक्ष दिल बहादुर ल्हेंगे तमु, सुनसरी जिल्ला अध्यक्ष डम्बरबहादुर प्हच्यु तमु, सुनसरी सहसचिव टिका ल्हेंगे तमु, तमु प्ये ल्हु संघ धरान अध्यक्ष डिक बहादुर प्हच्यु तमु, तेह्रथुम तमु प्ये ल्हु संघ जिल्ला सल्लहाकार नारायण मान तमु, लाली गुराँस नगरपालिका वडा नम्बर १ दान बहादुर खड्का लगाएतले आफ्ना शुभकामना र धन्यवाद मन्तब्य दिएका थिए |

अन्तमा कार्यक्रमका सभाध्यक्ष पुष्पा तमुस्योले नवगठित पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए |

कार्यक्रममा केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष एवं क्ल्हेप्री गुरु लोक टु क्ल्हेप्री तमुले शुभ कामना मन्तव्यको साथ आशीमलां दिनु भएको थियो भने संचालन केन्द्रीय सचिब हर्क योंजा तमु र केन्द्रिय महिला समितिका पुर्णिमा कुब्छे/सरब्ज तमुले गरेका थिए |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments