Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिद्वारा सुरक्षाकर्मीहरुको लागी मास्क, पञ्जा र...

तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिद्वारा सुरक्षाकर्मीहरुको लागी मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण

तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिद्वारा सुरक्षाकर्मीहरुको लागी मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण

शंकर विरही गुरुङ /पोखरा, २९ जेठ ।
तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा एक कार्यक्रमको आयोजना गरि अग्रभागमा रही कोरोना कहरको बेला दिनरात नभनी सेवामा खटिने सुरक्षाकर्मीहरुको लागी मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण गरेको छ ।

तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमु र वरिष्ठ उपाध्यक्ष आई बहादुर ल्हेंगे तमु र जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको विशेष उपस्थितिमा तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितीका अध्यक्ष शुक्रराज सरब्ज तमुले जिल्ला प्रहरी कार्यालय, कास्कीको प्रबन्ध शाखालाई १ हजार थान मास्क, १ हजार थान पञ्जा र २५ लिटर स्यानिटाइजर हस्तान्तरण गर्नुभएको हो ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार वडा प्रहरी कार्यालय बैदाम, रामबजार र बगरमा पुगि सो कार्यालयमा समेत मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण गर्ने कार्यक्रम रहेपनि प्रहरी उपरीक्षक दान बहादुर कार्कीको विशेष सल्लाह अनुसार सबै सामाग्री जिल्ला प्रहरी कार्यालय, कास्कीलाई नै प्रदान गरिएको हो । कार्यक्रममा तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिका पदाधिकारी, सदस्यहरु र तमु संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियोे । वितरित सम्पुर्ण सामग्रीहरु नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर, पोखरा-१७ का डाइरेक्टर डा. मन बहादुर गुरुङले अत्यन्तै सुपथ मुल्यमा तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिलाई उपलब्ध गराउनु भएको हो ।

यसपुर्व तमु प्ये ल्हु संघ, केन्द्रीय समितिको तर्फबाट गण्डकी प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु. १ लाख ३५ हजार र पोखरा महानगरपालिकालाई रु. ७५ हजार हस्तान्तरण गरिसकेको छ ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments