Sunday, June 26, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिले आफ्नो २१औं स्थापना दिवस भब्यताका...

तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिले आफ्नो २१औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरे

तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिले आफ्नो २१औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरे।
११ जेठ २०७९ बुधबार, पोखरा ।

तमु जातिको विशुद्ध धार्मिक एवं सामाजिक संस्था तमु प्ये ल्हु संघ, केन्द्रिय महिला समितिको २१औं स्थापना दिवस आज एक कार्यक्रम गरी भब्य र सभ्य रुपमा सम्पन्न गरेका छन ।

तमु प्ये ल्हु संघ, केन्द्रिय महिला समितिका अध्यक्ष पुष्पा तेंल्स्यो तमुको अध्यक्षतामा र दुई दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत एवं सञ्चार विज्ञ, वरिष्ठ सञ्चारकर्मी अनिता तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख व्यक्तित्व अनिता तमुले खेमाको नाममा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिकता शुरु भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ११ रानीपौवा शक्तिघाट स्थित फ-लि-ना-ना क्होइबो परिसरमा रहेको खेगी भवनको सभाहलमा भएको आजको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्षहरु, केन्द्रिय अध्यक्ष, सल्लाहकार प्रमुख, विभिन्न तहका अध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहकारहरु, क्षेत्रीय तमु समाजका अध्यक्षहरु, प्रतिनिधिहरु, विभिन्न तमु संघ संस्थाका अध्यक्षहरु, प्रतिनिधिहरु र सञ्चार बिज्ञ रिता तमु लगायत विशेष व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेका थिए ।

कार्यक्रममा थुप्रै वक्ताहरुले संस्था स्थापनाकालदेखि हालसम्म आइपुग्दाको आफ्नो अनुभव र अनुभुत साथै तमु प्ये ताँ ल्हु ताँ बारे आ-आफ्ना धारण राखेका थिए ।

यसै क्रममा आजको प्रमुख अतिथि अनिता तमु र विशिष्ट अतिथि रिता तमुको भने भिन्न खालका जस्तै चेतनामूलक, संदेशामुलक, र ज्ञानमुलक भनाईहरु राखेका थिए ।

समाज र समुदायलाई बदल्न महिलाको झैं निस्वार्थ भावना र सशक्त भुमिका पुरुषमा नभएको थुप्रै उदाहरणहरु राख्दै जुन तमु जातिको अस्तित्व बचाउन भाषा, धर्म, संस्कार, संस्कृति र भेषभुषालाई संरक्षण सम्बर्द्धन र प्रबर्द्धनका लागि महिला दिदीबहिनीहरु घरदेखी समाज समुदायसम्म अहोरात्रा खटेका छन । जुन सराहनीय छ । तर अब महिलाहरू त्यतिमा मात्र सिमित नभएर अझ सशक्त भएर महिला जागरण अभियान चलाईनुपर्छ । रचनात्मक कार्यक्रमहरु ल्याइनुपर्छ । समाजको माग र हाँकलाई बुझ्न सक्ने क्षमता अभिवृद्धिको बिकास तर्फ प्रेरित गराईनुपर्छ । तर यहाँ आज युवाहरूको उपस्थिति न्यून देखें यहाँ मात्र नभएर हरेक कार्यक्रममा युवाहरूको सहभागीता कम हुनेगर्छ । आफ्नो पहिचान र अस्तित्वलाई दीगो स्थापित गर्न युवाहरूलाई प्रेरित गर्दै लैजाने खालका साझा कार्यक्रमहरु ल्याइनुपर्छ जसको लागि आफुहरु निरन्तर सहयोग गर्न कटिबद्ध रहेको बताउँदै भोलि गएर पुस्तान्तरण गर्न तमु प्ये ल्हु संघको यो भुमिका अति प्रसंशानिय रहनेछ । दुनियाँ यसको खुलेर प्रशंसा गर्नेछन् भन्दै महिला सफल हुन र पुरुष सफल हुन एक रथको दुई पाङ्ग्रा झैं बराबर सन्तुलन हुनुपर्छ, जिम्मेवार हुनुपर्छ, कर्तव्यबोध हुनुपर्छ तबमात्र हामी हाम्रो प्ये ताँ ल्हु ताँको संरक्षण गर्न सक्नेछौं, तमु जातिको पहिचान स्थापित गर्न सक्नेछौं कार्यक्रमका अतिथिद्वय रिता र अनिताले मन्तव्यमा भनेका छन ।

यसैबीच समितिलाई विभिन्न तह तहप्काबाट सहयोग र योगदान पुर्याएका संस्थागत व्यक्तित्वहरुलाई फेटा, क्रमु र प्रशंसा-पत्रद्वारा सम्मान गरेका थिए ।

यसरी सम्पन्न भएको तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिको २१औं स्थापना दिवस कार्यक्रमलाई समितिका वरिष्ठ उपाध्यक्ष बुद्धिमाया तमुले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन भने समितिका महासचिव पूर्णिमा तमुले औपचारिक सञ्चालन गरेकी थिइन । यसैगरी अध्यक्ष पुष्पा तेंल्स्यो तमुले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउने सबै सबै प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको बिट मारेकी थिइन ।

फोटो एल्बम एक (१) तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिले आफ्नो २१औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरे । 

https://www.facebook.com/media/set/?set=a.1702236610115045&type=3

फोटो एल्बम दुई  (२) तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिले आफ्नो २१औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरे ।

https://www.facebook.com/media/set/?set=a.1702259533446086&type=3  

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments