Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु धिं नेपालमा १० केन्द्रिय सदस्य मनोनित

तमु धिं नेपालमा १० केन्द्रिय सदस्य मनोनित

तमु धिं नेपालमा १० केन्द्रिय सदस्य मनोनित

पोखरा । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रिय समितिले पुर्णता पाएको छ। विधान अनुसार समाज, आवद्ध संस्थाहरुको सिफारिस मध्ये १० जना मनोनित गरे पश्चात तमु धिंको कार्यसमितिले पुर्णता पाएको हो।

तमु धिं नेपालको पदाधिकारी बैठकले केन्द्रिय सदस्यमा तनहु तमु समाजका गोपाल गुरुङ, खिलाङ गुरुङ समाजका कौशिला गुरुङ, चारभञ्ज्याङ तमु समाजका कृष्णकुमार गुरुङ, तमु सहयोग समिति पार्दीका शशीकुमार गुरुङ, ताङतिङ दुधपोखरी तमु समाजकी शान्ति गुरुङ, तमु साँस्कृतिक समितिका सुरेन्द्र गुरुङ, बगालेटोल तमु समाजका प्रेमबहादुर गुरुङ, तमु सेवा समिति नयाँबजारकी बालकुमारी गुरुङ, महिलाहरुबाट चारभञ्ज्याङ तमु समाजकी बिना गुरुङ र तमु साँस्कृतिक प्रतिष्ठान नेपालका तर्फबाट सिफारिस गरिएका श्रीजङ गुरुङलाई मनोनयन गरिएको महासचिव जुनाकुमारी गुरुङले जानकारी दिए। तमु साँस्कृतिक प्रतिष्ठानलाई हरेक कार्यसमितिमा एक जना प्रतिनीधि सिफारिस गर्न पाउने तमु धिं नेपालले व्यवस्था नै गरेको छ।

तमु धिं नेपालको बिधान अनुसार पदाधिकारी पहिलो चरणमा प्रत्यक्ष निर्वाचित र सदस्यहरु समाजहरुको सिफारिस गरिएका मध्ये मनोनयन गरिन्छ। मनोनयन गर्दा तमु धिं नेपालको आजिवन सदस्य भएको, तमु धिं नेपालको विधानलाई आत्मसाथ गर्दै विगतदेखि क्रियाशिल रहेको, आगामी दिनमा थप क्रियाशील रहने र लिंग, क्षेत्र लगायतलाई विशेष ध्यान दिदै आएको अध्यक्ष हुमबहादुर गुरुङले बताए।उनका अनुसार सिफारिस भई आएका अन्यलाई समुदायको सेवाका लागि उचित विभिन्न विभागिय जिम्मेवारी दिने बताए। तमु धिंको उद्धेश्य प्राप्तिका निम्ती जिम्मेवारी र टिमस्पिरिटका साथ तमु समुदाय, समाज र राष्ट्रकै हितका लागि तमु धिं नेपालको कार्यसमिति जुट्ने उनको भनाई छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments