Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु धिँको अधिवेशन प्रशासनले रोक्यो, संस्थामा छिर्यो राजनीति !

तमु धिँको अधिवेशन प्रशासनले रोक्यो, संस्थामा छिर्यो राजनीति !

पोखरा। तमु धि नेपालले गर्न लागेको अधिवेशन आज अन्तिम घडीमा आएर स्थगित भएको छ ।

कोभिडका कारण प्रशासनले २५ जना भन्दा बढी भेला हुन नपाईने भनेर गरेको आदेश बिपरित करीब ९ सय सदस्य रहेको तमु धि नेपालले आईतबार नयाँ नेतृत्व चयनका लागि गर्न लागेको निर्वाचन प्रक्रिया जिल्ला प्रशासन कार्यालय कास्कीले रोकेको हो ।

प्रशासनले संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी गरेको आदेश बिपरित ठूलो संख्यामा भीड जम्मा गरेर चुनाव गर्न लागेको भन्दै चुनाव नगर्न पत्र पठाएपछि तमु धि नेपालले शुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगित गरेको हो ।

अपराह्न ४ बजे प्रशासनले चुनाव रोक्न भनेर पत्र पठाएको भन्दै निर्वाचन समितिले चुनाव स्थगित भएको सूचना टाँस गरेको हो ।निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण गुरुङले जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताए ।

हामी चुनाव गर्ने पक्षमै थियौं,‘उनले भने,‘तर प्रशासनको चुनाव नगर्न गरेको आग्रहलाई स्वीकार गर्दै निर्वाचन स्थगित गर्ने निर्णय गर्यो ।’ उनले अब जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्र पछि निर्णय गरेर चुनाव हुने जानकारी दिए ।

नया नेतृत्व चयन प्रक्रिया तत्काललाई स्थगित भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र जनता समाजवादीबीचको राजनीतिक खिचातानी तमु धिँमा देखिएको छ ।
स्थापनाकालदेखीनै राजनीतिबाट टाढा रहेको तमु धिँ नेपालमा यसपटक राजनीति प्रवेश गरेको छ ।नया नेतृत्व चयन प्रक्रियासँगै तमु धि नेपालमा राजनीतिको छायाँ परेपछि नेतृत्व चयनमा लफडा उत्पन्न भएको हो ।

जनता समाजबादी पार्टी (जसपा)ले जबरजस्त राजनीति प्रवेश गराएको नेकपा निकट तमुहरुको आरोप छ । स्वच्छ संस्थामा राजनीति घुसाएर एकलौटी नेतृत्व हत्याउने प्रयास जसपाले गरेको उनीहरुको आरोप छ । तमु धिलाई आफ्नो कब्जामा पार्न विगतदेखि पदाधिकारीमा बसेका जसपाका नेताहरुले सदस्यता वितरणमा आफूखुशी गरेको, नेकपा निकटका तमुहरुलाई मापदण्डले भेटेपनि सदस्यता नदिएको उनीहरुले आरोप लगाएका छन् ।

तर समाजबादी पार्टी निकट तमुहरु भने यो कुरा स्वीकार्दैनन् । बरु नेकपा निकटकाले नै तमु धिमा राजनीति गर्न खोजेको उनीहरुको भनाई छ । नेतृत्वमा आउन चाहने जसपाका नेताहरुले वर्तमान अध्यक्षलगायतलाई फास्ल्याङ फुस्लुङ पारेर सर्वसम्मतिको नाममा नेतृत्व हत्याउन खोजेको अध्यक्षका उम्मेद्वार देउकाजी गुरुङले बताए । स्वच्छ छवीको संस्थामा राजनीति घुसाए,‘उनले भने,‘जसपाका नेताहरुले हस्तक्षेप शैलीमा नेतृत्व कब्जा गर्न खोजेपछि त्यसका बिरुद्ध तमुहरुको ठूलोपंक्ति लडिरहेको छ ।’ ‘जसपाको पेलाई टुलुटुलु हेरेर बस्न सकिनँ, त्यसैले नेतृत्वका लागि अगाडि बढेको हुँ’–उनले भने ।

अध्यक्षका लागि उम्मेद्वारी दिएका जसपा निकट हुमबहादुर गुरुङ भने सत्ताको आडमा नेकपाले तमु धिमा राजनीतिक हस्तक्षेप गरेको आरोप लगाउँछन् । नेकपा नाङ्गो रुपमा आयो,‘उनले भने,‘चुनाव रोक्न नेकपाले चलखेल ग¥यो, यसमा निर्वाचन समितिपनि संलग्न भयो ।’

उनले तमु धिको नेतृत्व गर्नकै लागि आफूले जसपाको नेतृत्व तहबाट राजिनामा दिएको दाबी गरे । समाजसेवामा समर्पित मान्छे हुँ म,‘उनले भने,‘तमु धिमा राजनीति नछिरोस् भनेर पार्टी छाडेर आएको हुँ, तर नेकपाले तमु धिमा राजनीति छिराउन खोज्यो, यो कदापी हुन दिदैनौं ।’

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments