Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको सहकार्यमा दुइ दिने नागरिक पत्रकारीता तालीम समापन 

तमु (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको सहकार्यमा दुइ दिने नागरिक पत्रकारीता तालीम समापन 

तमु (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको सहकार्यमा नागरिक पत्रकारीता तालीम समापन

तमु (गुरुङ) सञ्चारकर्मी संघ कास्की र तमु धिं नेपालको सहकार्यमा दुइ दिने नागरिक पत्रकारीता तालीम समापन भएको छ । क्षेत्रीय तमु समाजका प्रतिनिधिहरुलाई सञ्चार माध्यमबाट परिचित गराउदैं, स्वयम् समचार बनाउन योग्य गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

पोखरा–९ नयाँबजार स्थित तमु धिंमा भएको समापन कार्यक्रममा बोल्नुहुँदै संघका केन्द्रिय अध्यक्ष चित्र बहादुर गुरुङ (लाला)ले विभिन्न व्यवसायी र नेनृत्व तहमा अघि वढ्नुपर्नेमा जोड दिनुभयो । विकासका काममा अरुलाई दोष आरोप लगाउनु भन्दा पनि सवैले सहकार्य गरी अघि वढ्नुपर्ने समेत उहाँले बताउनुभयो । संघका सल्लाहकार शान्ति गुरुङले तालिममा दिएको कुरालाई व्यवहारमा उर्तनका लागि आग्रह गर्नुहुँदै तालिमको अभियान हरेक समाजमा चलाउनुपर्ने आवश्यक भएको वताउनुभयो ।

आदिवासि जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका महा–सचिव सुमन गुरुङले समाजले गरे अनुसारको गतिविधि प्रचारप्रसारमा नआएका कारण समाजले गरेका गतिविधि ओझेलमा परेको बताउनुभयो । यस्ता गतिविधिहरुलाई सवैसामु अवगत गराउनका लागि प्रचारप्रसारमा जोड दिनुपर्नेमा उहाँको जोड रहेको थियो । कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङ, संघका जिल्ला अध्यक्ष युग गुरुङ, सम्रात गुरुङ लगायतले बोल्नुभएको थियो । तालिममा सहभागिताको तर्फबाट रुद्र बहादुर घले, नासुु बेद बहादुर गुरुङ, युवराज गुरुङ र तिलु गुरुङ लगायतले तालिममा धेरै कुरा सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै, अवको दिनमा युवाहरुलाई समेत समेट्नुपर्ने बारे बोल्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments