Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु कलाकार संघ गण्डकीले ६२ कलाकारलाई राहत वितरण गर्यो

तमु कलाकार संघ गण्डकीले ६२ कलाकारलाई राहत वितरण गर्यो

तमु कलाकार संघ गण्डकीले ६२ कलाकारलाई राहत वितरण गर्यो
हुम तमु, पोखरा, ३० असार
सम्पुर्ण गुरुङ कलाकार एक होऔं नाराका साथ क्रियाशील तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिले ६२ जना तमु कलाकारहरुलाई राहत वितरण गरेको छ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा मंगलवार तमु कलाकार संघ प्रदेश समितिले कार्यक्रम आयोजना गरी कोभिड १९ कोरोना भाइरस र लामो लकडाउनबाट प्रभावित तमु कलाकारहरुलाई पहिलो चरणको राहत वितरण गरेको हो।
 
कोभिड १९ बाट समस्यामा परेका ३६ जना कलाकारहरुलाई चामल, दाल, तेल, नुन, सोयबिन, चिउरा लगायतको प्याकेज र पोखरामा घरभाडा तिर्नुपर्ने २६ जना संघका कलाकारहरुलाई घरभाडा स्वरुप नगद सहयोग वितरण गरिएको हो।
 
कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ तमु कलाकार संघका केन्द्रिय महासचिव गणेश गुरुङ, संघका गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले राहत वितरण गर्नुभएको थियो।
 
कार्यक्रम प्रमुख अतिथि सांसद मनबहादुर गुरुङले कोभिढ १९ बाट प्रभावित तमु कलाकारहरुलाई राहत वितरण गरेर तमु कलाकार संघ प्रदेश समितिले कलाकारहरुको अभिभावकत्व ग्रहण, कलाकारिताको संरक्षण र मानवीयताको नमुना प्रर्दशन गरेको भन्दै प्रसंशा गर्नुभयो। उहाँले कलाकार राष्ट्रका निम्ती भएकाले सरकारले कलाकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो।स्थानीय, प्रदेश र संघीय तीन तहको चरण चरणको पहलले कोभिड १९ को समस्याहरुको व्यवस्थापन भएको भन्दै संघीय व्यवस्था प्रभावकारी रहेको दावी समेत उहाँको थियो।
 
तमु(गुरुङ)कलाकार संघ केन्द्रीय महासचिव गणेश गुरुङले कलाकारलाई चुइगम जस्तै रस आउदासम्म चुस्ने र त्यसपश्चात वेवास्ता गर्ने गरेको दुखेसो गर्नुभयो। कला र कलाकार राष्ट्रकै सम्पत्ति हो भन्ने सोचनाई राज्यले बनाउनुपर्ने उहाँको आग्रह थियो। कलाकारितामै जीवन देखेका कलाकारहरु भोकै भोकै भोतारिनुपर्ने पिडा किन देख्दैन राज्य भन्दै कोभिड १९ ले प्रभावित गरेको बेला सहयोग गर्ने संघ संस्था र सहयोगदाता महानुभावहरुलाई महासचिव गुरुङले धन्यवाद व्यक्त गर्नुभएको थियो।
 
सम्पुर्ण संघ संस्थाका तर्फबाट तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै कला, कलाकार र कलाकारका महत्व र समस्या किन राज्यले बुझ्नुपर्नेमा अपहेलना गरिएको बताउनुभयो। कला सँस्कृतिको संरक्षक, साँस्कृतिक अभियन्ताहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्नेमा कलाकार पनि समस्यामा छन र? भन्ने मानसिकताको अन्त्यको जरुरी रहेको भन्दै कलाकारको समस्या महसुस गरेर संघ संस्थाको तर्फबाट बाचौं र बचाऔं भन्ने भावनाका साथ सहयोग गरेको बताउनुभयो। उहाँले तमु कलाकार संघ प्रदेश समितिलाई तमु धिं नेपालका स्वागत गर्नुहुदै सम्पुर्ण तमुहरुको एकताका लागि सबै तमुहरुको भावना खुल्ला हुनुपर्ने बताउनुभयो।
सल्लाहकारहरुको तर्फबाट संघका सल्लाहकार, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले राहतसँगै कलाकारहरुलाई उपचारका लागि कलाकार संघहरुले सोच बनाउनुपर्ने सुझाव दिनुभयो।
 
तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकार संघको स्थापनाका उद्धेश्य, गतिविधी, कोभिड १९ बाट प्रभावितसँगै समितिको अभियानमा स्वदेश एवम विदेशमा क्रियाशील २१ संघ संस्था एवम सहयोगदाताहरुबाट सहयोग प्राप्त भई पहिलो चरणको राहत वितरण शुरु गरिएको बताउनुभयो। उहाँका अनुसार दोश्रो चरणमा समस्यामा परेका कलाकारहरुलाई घरघरैमा राहत पुर्याउने योजना रहेको जानकारी दिनुहुदै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।उहाँले कलाकारहरु सबै तमुहरु र संघ संस्था जोड्ने माध्यम बन्ने दावी समेत गर्नुभयो।
अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ज्योति गुरुङ लोहनीले गर्नुभएको थियो भने उक्त कार्यक्रममा सहयोगी संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो।
{AG}tamu-kalakar-sangh-gandaki-rahat{/AG}
 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments