तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङलाई पत्नीशोक
लण्डन । तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलाई पत्नीशोक परेको छ ।
उनकी पत्नी चन्द्रमाया गुरूङको सोमबार दिउंसो बेलायतको रेडिङस्थित घरमै निधन भएको गुरुङ परिवारका आफन्त स्थानीय समाजसेवी कमल कोने गुरुङले जानकारी दिए ।
५० वर्षीया स्वर्गीय गुरुङ क्यान्सर रोगबाट पीडित थिइन् । उनका एक १६ वर्षीय छोरा छन् ।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय चन्द्रमायालाई गत जुलाई महिनामा कलेजोमा क्यान्सर देखिएको थियो ।
बेलायतका सयौं नेपाली संस्थामध्येकै ठूलो र अग्रणी तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद यहाँको समुदायमा एक अग्रज समाजसेवीका रुपमा परिचित छन् ।
उनको परिवारमा परेको शोकप्रति बेलायतवासी नेपालीले गहिरो दुःख व्यक्त गरेका छन् ।
संस्थापक अध्यक्ष मीनप्रसादकी धर्मपत्नीको निधनप्रति तमुधिँ युकेका अध्यक्ष नन्द्रजंग गुरुङले गहिरो दुःख व्यक्त गरेका छन् । उनले शोकाकूल परिवारमा समवेदना व्यक्त गरेका छन् ।