Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALडेंगु नियत्रणका लागि, लाम्खुट्टे वृद्धि विकास नियन्त्रण गर्नुपर्छ

डेंगु नियत्रणका लागि, लाम्खुट्टे वृद्धि विकास नियन्त्रण गर्नुपर्छ

डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा डेंगु नियत्रणका लागि, लाम्खुट्टे वृद्धि विकास नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ । पछिल्लो समयमा वढ्दै गएको डेंगु रोकथाम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । स्वास्थय तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यलय कास्की गण्डकी प्रदेश पोखराको आयोजनामा आइतबार पोखरामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा बोल्नुहुँदै, जिल्ला स्वास्थ्य कार्यलय कास्कीका प्रमुख वद्री आचार्यले हालको अवस्था सम्म डेंगुको कुनै खोप र उपाचार नभएकाले लाम्खुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुभयो । डेंगु ज्वारो एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । उहाँका अनुशार यसबाट बच्नका लागि लाम्खुटटे वृद्धि विकासको नियन्त्रण गर्नुपर्ने बताउनुभयो । जसका लागि घरवरीपरी सफा गर्नुका साथै पानी जम्न दिनुहुँदैन, खाली वट्टा, टायर, टिनमा पानी जम्न नदिइ त्यसलाई कतै, बोरामा व्यवस्थित गरी राखे लाम्खुट्टेलाई नियन्त्रण गर्न सकिन्छ । पानीको टयाङकीमा कतै, लाम्खुट्टेको फूल पारेको संका लागेमा पानी खाली गरी सफा गर्नुपर्छ भने, भाडामा भएको पानीहरु छोपोर राख्ने गमलाहरु वेलावेलामा सफा राख्नु पर्छ, त्यसैगरी राती सुत्नेबेलामा झुल लगाउनुपर्छ । दिउसो भन्दा पनि विहानपख र बेलुकीपखको लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो, ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ ।

त्यसैगरी बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, पेट तथा आन्द्रामा गडवडी हुने पनि यसको लक्षण हो । यसको कुनै उपचार नभएतापनि विरामीमा देखिएको लक्षण अनुसार उपचार गर्न सकिन्छ । लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा लैजार्नुपर्दछ । साथै प्रसस्तमात्रामा झोल पदार्थ पिउनु पर्दछ । गण्डकी प्रदेशको २०७९को तथ्यांक अनुसार हाल सम्म ६ सय ४ जनामा डेंगु लागेको छ । जसमा सवै भन्दा धेरै १ सय ३६ जनालाई कास्कीमा लागेको पाइन्छ भने, मनाङमा सवैभन्दा थोरै २ जनामा मात्र लागेका छन् । गोरखामा १ सय १३, तनहुँमा ७८ जना, स्याङजामा ७३ जना, पर्वतमा ६९ जना, लम्जुङमा ६२ जनामा, वाग्लुङमा ३९ जनामा देखा परेको छ । त्यसैगरी नवलपरासी १७ मा र म्याग्दीमा १५ जनामा डेंगु देखा परेको छ, मुस्ताङमा भने, सुन्य रहेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments