Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONडढुवा दुर्छा लमजुङ तमु समाजको अध्यक्षमा चि. ई. धनबहादुर तमु निर्बाचित

डढुवा दुर्छा लमजुङ तमु समाजको अध्यक्षमा चि. ई. धनबहादुर तमु निर्बाचित

डढुवा दुर्छा लमजुङ तमु समाजको अध्यक्षमा चि. ई. धनबहादुर तमु निर्बाचित ।

मणी सरब्ज तमु, असार ७ गते  २०७६ पोखरा १० जनप्रिय टोल स्थित श्री डढुवा दुर्छा लम्जुङ तमु समाज पोखराको १९औ बर्षिकोत्सब तथा एतिहासिक चौथौ अधिबेशनबाट चिफ इन्जिनियर धनबहादुर तमु अध्यक्ष चुनिएका छन ।

प्रथम उपाध्यक्ष सु. मे. तेजबहादुर तमु, द्वितीय उपाध्यक्ष क्या. कृष्णबहादुर तमु, सचिब कृपाकुमार तमु, सह-सचिब पुतलीदेबि तमु, कोषाध्यक्ष मिनबहादुर तमु र सह-कोषाध्यक्ष सुकमेलसि तमु निर्बाचित भएका छन । सदस्यहरुमा क्रमशः इन्द्रबहादुर तमु, बुद्वबिर तमु, जयबहादुर तमु, रामबहादुर तमु, केमबहादुर तमु, पन्चसी तमु, धनबहादुर तमु, श्रीप्रसाद तमु, पुर्णबहादुर तमु, भिमसाई तमु, देउमाया तमु, सीता तमु, बुद्धिबहादुर तमु, र निर्मला तमु छन ।

सोही कार्यक्रमा आमा समितिको समेत तेस्रो अधिबेशन सम्पन्न भएको थियो । पुनः दिलमाया तमुको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती चयन भएक छन । उपाध्यक्ष मनकुमारी तमु, सचिब धनप्यारी तमु, सह-सचिब निर्मला तमु, कोषाध्यक्ष हेमा तमु र सह-कोषाध्यक्ष उमाया तमु चयन भएका छन । सदस्यहरुमा क्रमशः सेतिमाया तमु, मनमती तमु, धागुमाया तमु, कृष्णमाया तमु, आईतकुमारी तमु, छ्योमाया तमु, शान्तकुमारी तमु, शान्ती तमु, हेउकुमारी तमु, पन्चमाया तमु, सन्तुमाया तमु, धनकुमारी तमु र आशमाया तमु छन ।

कार्यक्रममा प्रमुख अतिथी बौद्ध अर्घौ सदन पोखराका अध्यक्ष क्या. भुवनसी तमुले तमुहरुले पनि व्यापार ब्यबसायमा समेत हात हाल्नु पर्ने जिकिर गर्नु हुँदै आफुले जानेको सीप र शिक्षा पनि अरुलाई बाड्न अनुरोध गरे ।

बिशेष अतिथी तमु प्ये ल्हु संघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष क्या. इन्द्रबहादुर तमुले तमुहरु बिचमा एकताको खाचो रहेको जानकारी गराउदै तमुहरुले प्ये ताँ ल्हुँ ता बारेमा बुझ्नु पर्ने जिकिर गर्नु भयो ।

कार्यक्रममा तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष उम प्हच्यु तमु, डाडुवा दुर्छा लम्जुंग समाजका आमा समितिका अध्यक्ष दिलमाया तमु, सल्लाहकार संयोजक ई. धनपती तमु, संस्थापक सचिब क्या. मिनबहादुर तमु, लमजुङ समाजका अध्यक्ष बुद्धिबहादुर तमु, घाटु गुरु बाँ केमबहादुर तमु लगायतले बोलेका थिए ।

कार्यक्रममा मुल समितिका सचिब कृपाकुमार तमुले बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष रुद्रबहादुर तमुले आर्थिक प्रतिबेदन तथा आमा समितिका सचिब पुतलिदेबी तमुले बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष हेमा तमुले आर्थिक प्रतिबेदन पेस गरेका थिए ।

सोही कार्यक्रममा संस्थापक कार्यसमितिका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई, घाटु गुरु बाँ केमबहादुर तमु र छ्याडु गुरु कुलध्वोज तमुलाई प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।

सु. मे. भिमबहादुर तमुको संयोजकत्व तथा क्या. मिनबहादुर तमु, ई. धनपती तमु, सु. मे. बिर्खराज तमु र कुलध्वोज तमु सदस्य रहेको निर्बाचन समितिले निर्बाचित पदाधिकारिहरुलाई शपथ खुलाएको थियो ।

समाजको अध्यक्ष सु.मे. भिमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चि.ई. धनबहादुर तमुले स्वागत र सन्चालन सचिब कृपाकुमार तमुले गरेका थिए ।

फोटो ग्यालरी / Photo Gallery.  

{vsig}photos/daduwa_durchha_agm_2076/{/vsig}

Facebook  Phtoto Galllery 

https://www.facebook.com/pg/mani.gurung.tamu/photos/?tab=album&album_id=916531832018864

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments