Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALट्हो त्हें पर्वको पर्व अवसरमा आयोजित र्‍यालीमा चिउली पाचे तमु समाज प्रथम...

ट्हो त्हें पर्वको पर्व अवसरमा आयोजित र्‍यालीमा चिउली पाचे तमु समाज प्रथम | रोधि हल उद्घाटन

ट्हो त्हें पर्वको पर्व अवसरमा आयोजित र्‍यालीमा चिउली पाचे तमु समाज प्रथम I रोधि हल उद्घाटन

पोखरा । पोखरामा  ट्हो त्हें पर्वको पर्व अवसरमा आयोजित र्‍यालीमा चिउली पाचे तमु समाज प्रथम भएको छ । लगातार प्रथम हुँदै ह्याट्रिक गरेको उसले पुरस्कारस्वरुप ३० हजार नगदसहित ट्रफीबाट पुरस्कृत भयो ।

यस्तै, ताङतिङ दुधपोखरी तमु समाज दोस्रो र बे्रज मेश्रों घान्द्रुक तमु समाज तेश्रो हुँदै क्रमशः २० हजार र १५ हजार नगद, ट्रफीसहित पुरस्कृत भए ।

विशेष साँस्कृतिक झाँकी पुरस्कार फूलबारी तमु समाजले हात पार्दैै १० हजार र डडुवा दुर्छा तमु समाज, बाँझपाटन तमु समाज, सुर्यमुखी तमु समाज र कोल्मा बहाकोट तमु समाज जनही ५/५ हजारसहित सान्त्वना पुरकार प्राप्त गरे ।

hum (7)1692125294.jpg

प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, विशेष अतिथि प्रहरी नायव महानिरीक्षक (डिआइजी) वुद्धिराज गुरुङ, तमु धिं नेपालका दिलबहादुर गुरुङ, सल्लाहकार एवं संरक्षक मेजर लक्ष्मीप्रसाद गुरुङ, मुक्तिनाथ दर्शन प्रालिका डिवी गुरुङ, एनएमबी बैंक न्यूरोडका प्रबन्धक सुदिप पौडेल, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उनीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवार, रुपा तमु समाज, आँधीखोला तमु समाज, चिउलीपाचे तमु समाज, तमु कलाकार संघ, जिफान, ताङतिङ दुधपोखरी तमु समाज लगायतका कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

साथै ताङतिङ दुधपोखरी तमु समाजले तमु धिंस्थित गुरुङ संग्रहालयका लागि स्याखु र डोको प्रदान गरिएको थियो ।

रोधि हल उद्घाटन
पोखरा महानगरपालिकाको सहयोग र तमु धिं नेपालको सहभागितामा ३८ लाख रुपैयाँमा नवनिर्मित रोधि हल सो अवसरमा उद्घाटन गरिएको छ । उक्त हलको उपमेयर गुरुङले उद्घाटन गरिन् । उनले संघसंस्था, समुदायका सवालमा सबैभन्दा नजिकको सरकार स्थानीय सरकारसँग सहमति, सहकार्य, समन्वय गरी अघि बढ्नुपर्ने बताइन् ।

hum (5)1692125391.jpg

अधिकारसँगै दायित्व पनि जोडिएर आउने भएकाले भाषा, सँस्कृति, चाडपर्व लगायत विषयमा सल्लाहबाटै अघि बढ्नुपर्दछ भन्दै उनले श्रोतले भ्याएसम्म आफ्नोतर्फबाट समुदायलाई सक्दो सहयोग गरेको बताइन् ।

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुले तमुहरुको पहिचानको प्रतिकको रुपमा रहेको तमु ह्युल चोक स्थानान्तरण नगर्न चेतावनी दिइन् ।

आदिवासी जनजाति समुदायविरुद्ध अत्यन्तै निज अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई कारवाही गर्नुपर्ने बताइन् उनले व्यवसायी मिनबहादुर गुरुङ गैरन्यायिक पुर्पक्षमा राखिएको भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिइन् ।

आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्मबहादुर गुरुङले सम्पुर्ण आदिवासी जनजातिको एकता, अत्यन्तै गलत अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही र पोखरामा सालिकहरुका सवालमा संवेदन हुन पोखरा महानगरपालिकालाई आग्रह गरे ।

तमु धिं नेपालका कार्यसमिति सदस्य तथा साँस्कृतिक विभाग प्रमुख कृष्णकुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गरे ।

यसैबीच, युकेबाट नेपाल आएका युकेका पुर्व उपमेयर एवम काउन्सिलर लक्ष्यबहादुर गुरुङलाई स्वागत सम्मान, कञ्चन पत्रकारिताबाट पुरस्कृत गोर्खा मिडियाका सम्पादक समेत रहेका तमु धि नेपाल अध्यक्ष हुमबहादुर गुरुङलाई बधाई ज्ञापन गरिएको थियो ।

पर्व अवसरमा गुरुङ समुदायले पोखराको रानीपौवाबाट बागागाजा र झाँकीसहित र्‍याली निकालेका थिए । उक्त र्‍याली नयाँबजारस्थित तमु धिं नेपालको हलमा गएर समारोह परिणत भएको थियो । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो ।

हरेक साउन र चैतको अन्तिम मंगलबार गुरुङ समुदायले यो पर्व मनाउने गर्छन् ।

दृश्य अदृश्य बैरीहरुलाई धपाउँदै आफ्नो ह्युल, गाउँ बस्ती सुरक्षित, संरक्षित, व्यवस्थित एवम सभ्य बनाउन मनाउँदै आएको ट्हो त्हें पर्वको पर्वमा यस पटक सामुदायिक अधिकार प्राप्ति, विभेद एवम अपमानको प्रतिरोध गर्ने र सामुदायिक एकताको आवाजसहित ट्हो त्हें पर्वको मनाएका हुन् ।

hum (4)1692125350.jpg

hum (8)1692125370.jpg

hum (1)1692125333.jpg

 

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments