आगामी असोज २८ गते देखि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद परिषद २०७९ का लागि ट्रफि हस्तान्तरण गरिएको छ । सोमबार पोखरा ६ स्थित तालबाराही मन्दिरको परिषरमा पञ्चेबाजा सहित एक कार्यक्रम वीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उप–प्रमुख मन्जुदेवी गुरुङ र गण्डकी प्रदेशका प्रहरी उपरीक्षक जनार्दन जिसीलार्ई ओलम्यिन दिपक विष्टले ट्रफि हस्तारन्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ३९ वर्ष पछि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा सवै खेलाडीहरुलाई स्वस्थ प्रतिष्पर्दा गर्नका लागि आग्रह गर्नुभयो । ट्रफिलाई तालवाराही परिक्रमा गरी गण्डकी प्रदेश प्रहरी कार्यालयलाई बुझउदै, प्रमुख आचार्यले ट्रफि सुरक्षित रुपमा स्टेज सम्म पु¥याउनका लागि कार्यालयलाई आग्रह समेत गर्नुभयो ।
साथै, प्रमुख आचार्यले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । खेलकुद परिषदले पहिलो पटक ट्रफिको निमार्ण गरिएको खेलकुद परिषदको सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । ट्रफिको गएको भदौ महिनामा राष्ट्रपतिले काठमाण्डौमा सार्वजनिक गरिसक्नुभएको र मुलुकको ६ वटा प्रदेशमा परिक्रमा गरी गण्डकी प्रदेशमा ल्याइएको उहाँले बताउनुभयो । त्यसैगरी सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्रीले पोखराको मानव अधिकारचोकमा ट्रफिको सार्वजनिक गर्नुभएको थियो ।