Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNजीजीईएसएद्वारा नेपालमा अक्सिजन कन्सन्ट्रेटरका लागि ५ लाख रुपैयाँ सहयोग

जीजीईएसएद्वारा नेपालमा अक्सिजन कन्सन्ट्रेटरका लागि ५ लाख रुपैयाँ सहयोग

लन्डन जेठ २५ । ग्रीनवीच गोर्खा एक्स सर्भिस्‌मेन एसोसिएसन (जीजीईएसए) ले ‘अक्सिजन पठाऔं, नेपालीको ज्यान बचाऔं’ अभियानमा ५ लाख रुपैयाँ (३ हजार ६७ पाउन्ड) सहयोग हस्तान्तरण गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यालय अल्डरसटमा मंगलबार एक समारोहबीच अध्यक्ष पुनम गुरुङलाई जीजीईएसएका उपाध्यक्ष रेवतबहादुर थापा, विष्णु गुरुङ, महासचिव हरिकुमार मल्ल लगायतको टोलीले सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरणको क्रममा महासचिव मल्लले भने, ‘अक्सिजन पठाऔं, नेपालीको ज्यान बचाऔं’, भन्ने महान् विचारधारा लिँदै हाम्रा भूपू ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसीएससनका वृद्ध बाबाआमाले आफ्नो आत्मालाई साक्षी राखेर दुई/चार पैसा डोनेसन गरेर एनआएनएका अध्यक्ष पुनम पुरुङलाई हस्तान्तरण गर्न सफल भएका छौं । यो हाम्रो लागि ठूलो उपलब्धि हो । धार्मिक कार्य गर्‍यौं भन्ने मनमा लागेको छ । यो अक्सिजन कन्सन्ट्रेटर कुनै सहरी क्षेत्रमा मात्रै नभएर दुर्गम क्षेत्रका गरिबलाई पुग्न सकोस् । हाम्रो माग छ ।’

महासचिव मल्लले भूइँचालो जाँदा, बाढी पहिरो पीडितका लागि पहिले पनि जीजीईएसएले सहयोग गरेको उल्लेख गर्दै भविष्यमा पनि सहयोग गर्ने प्रयास गरिरहने बताए । उनले अभियानको नेतृत्व लिएकोमा एनआरएनएकी अध्यक्ष पुनम गुरुङलाई धन्यवाद दिए ।

रकम हस्तान्तरण कार्यक्रममा जीजीईएसएकी निवर्तमान अध्यक्ष एवं एनआरएनए आईसीसी सदस्य लीलादेवी गुरुङ, वरिष्ठ सलाहकार खुमबहादुर गुरुङ, सल्लाहकार सन्तवीर गुरूङलगायतको उपस्थिति थियो ।

एनआरएनए यूकेले नेपाली दूतावास लन्डनको समेत सहकार्यमा बेलायतवासी नेपालीबाट सहयोग संकलन गरेर कोरोना महामारीबाट पीडितका लागि नेपालमा १५० वटा अक्सिजन कन्सन्ट्रेटर पठाइसकेको छ । चीनमा खरिद गरिएको ती अक्सिजन कन्सन्ट्रेटर सोमबार भर्चुअल कार्यक्रम गरी नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो ।

बेलायतमा लक्ष्यभन्दा बढी रकम उठेको जनाउँदै अध्यक्ष गुरुङले बाँकी रकम पुन: अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने तयारी रहेको समेत बताएकी छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments