Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALजिफानको नयाँ कार्यसमितिलाई मिलन डिजी इन्टरनेशनल प्रालिको बधाई तथा सम्मान

जिफानको नयाँ कार्यसमितिलाई मिलन डिजी इन्टरनेशनल प्रालिको बधाई तथा सम्मान

जिफानको नयाँ कार्यसमितिलाई मिलन डिजी इन्टरनेशनल प्रालिको बधाई तथा सम्मान

बैशाख २ गते २०७९

पोखरा । मिलन डिजी इन्टरनेशनल प्रालिले सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ ।

नव वर्ष २०७९ आगमनमा अवसरमा शुभकामनासहित मिलन फाउण्डेशन नेपाल, मिलन वर्ल्ड डट न्युज र मिलन ट्रष्ट सहआयोजक रहेको कार्यक्रमको प्रमुख अतिथि तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डिजी इन्टरनेशलन प्रालिकी संरक्षक सावित्री गुरुङले उद्घाटन गर्नुभएको थियो । जिफानको नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङ लगायतको कार्यसमितिलाई सम्मानपत्र, फेटा, भाङ्ग्रा, क्रमु, खादा लगायतबाट प्रमुख अतिथि तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डिजी इन्टरनेशलन प्रालिकी संरक्षक सावित्री गुरुङले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै जिफानको नयाँ कार्यसमितिले गुरुङ चलचित्रलाई नयाँ उचाईमा पुर्‍याउन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजसेवाका लागि हृदयदेखि नै जुट्नुभएको दुर्गा मिलन गुरुङजस्ता असल व्यक्तित्वहरुको नेतृत्व नेपालमा आवाश्यक भएको बताउनुभयो ।

सम्मानित जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले मिलन डिजी इन्टरनेशनल प्रालि लगायतका संस्था र प्रबन्ध निर्देशक दुर्गा मिलन गुरुङलाई धन्यवाद व्यक्त गर्नुहुँदै आफ्नो कार्यकालमा गुरुङ चलचित्र क्षेत्रलाई थप उचाईमा पुर्‍याउन पहल गर्ने बताउनुभयो । मिलन डिजी इन्टरनेशलन प्रालिकी संरक्षक सावित्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका रुद्र श्रीस मगरले स्वागत एव कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो भने नायिका, मोडल निशा गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

फोटो एल्बम

मिलन डिजी इन्टरनेशनल प्रा.लि.द्वारा जिफानको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान

https://www.facebook.com/media/set/?set=a.1672266553112051&type=3

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments