Google search engine
Homeसमाचार | NEWSजन्मदिनको अवसरमा गुरुङद्धारा एक सय बिद्यार्थीलाई सहयोग

जन्मदिनको अवसरमा गुरुङद्धारा एक सय बिद्यार्थीलाई सहयोग

संजय रेग्मी
मङ्सिर २, २०७८
पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङ घर भई हाल हङकङमा बस्दै आएका दुर्गा गुरुङ मिलनले आफ्नो जन्मदिनको अवसर पारेर पाल्पामा रहेको एक विद्यालयका एक सय जना विद्यार्थीहरुलाई लत्ता कपडा तथा पुस्तक हस्तान्तरण गरेका छन् ।

फाउण्डेसनका संरक्षक समेत रहेका गुरुङले आफ्नो ५४ औँ जन्मदिनको अवसरमा पाल्पाको रम्भा गाउँपालिका–२ सुरुमडाँडामा रहेको महेन्द्र आधारभूत विद्यालयका बिद्यार्थीहरुको लागि जाडो याममा लगाउन मिल्ने न्यानो कपडा र अध्ययनको लागि पुस्तकहरु वितरण गरिएको हो । गुरुङले नै स्थापना गरेको फाउण्डेसनले ‘सेवा नै धर्म हो’ भन्ने नाराका साथमा बिगतदेखि उक्त विद्यालयमा विभिन्न सहयोग गर्दै आएको छ ।

सेवामा सक्रिय रहँदै आएका गुरुङले २०६८ सालबाट पाल्पाको उक्त विद्यालयमा सहयोग गर्दै आएको बताउँदै २०६९ सालमा बिद्यालयमा मिलन पुस्तकालय स्थापना गर्नुको साथै त्यसयता करिब चार सय वटा दालचिनीका बिरुवा समेत विद्यालय क्षेत्रमा रोपिएको जानकारी दिए ।

मिलन फाउण्डेसनको तर्फबाट पुगेका प्रतिनिधिहरुले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कपडा र पुस्तकहरु वितरण गरेका हुन् । एउटै व्यक्तिले पटक पटक विद्यालयमा गरेको सहयोगले विद्यालयलाई धेरै सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक नारायण मरसाङ्गीले बताए । एक त सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुमध्ये कतिपयको घरको आर्थिक अवस्था कमजोर रहेका कारण जाडो समय सुरु भएको बेलामा न्यानो कपडा पाउँदा विद्यार्थीहरुमा खुसी मिलेको उनको भनाई छ ।

सहयोगदाता गुरुङले यस ५४ औँ जन्मदिनको सन्दर्भमा उक्त विद्यालयमा सहयोग गरेको र आउँदा दिनमा जिल्लाभित्र र बाहिर पनि आवश्यकताको आधारमा सहयोग गर्ने बताए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments